२०७७ असार १० गते बुधबारको राशिफल

0
390

मेष– फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ ।

मिथुन– पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईष्र्यालु मन भएकाहरूले सताउनेछन् । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

कर्कट– आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला । लेनदेनमा होसियारी अपनाउनु पर्ला ।

सिंह– अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ । मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

कन्या– द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।

तुला– खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् ।

वृश्चिक– प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन् । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ ।

धनु– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ ।

मकर– व्यवसायमा लगानी बढाउने समय छ । आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

कुम्भ– लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ ।

मीन– तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । पारिवारिक जमघटले मन आनन्दित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here