२०७७ असार १२ गते शुक्रबारको राशिफल

0
546

मेष– सन्तानको सहयोग लाभदायी बन्नेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

वृष– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । ईष्र्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ ।

मिथुन– नौलो प्रकृतिको काम गर्ने मौका छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

कर्कट– मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ ।

सिंह– ज्ञान तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । आम्दानी बढाउने काम प्रारम्भ हुनेछ ।

कन्या– आँटेको काम तत्काल बन्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

तुला– नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला ।

वृश्चिक– पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । यात्राको अवसर आउला ।

धनु–अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् ।

मकर– शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ ।

कुम्भ– विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ । प्रेममा सफलता मिल्ला ।

मीन– सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत रोकिन सक्छ । आजको लाभांश सुरक्षित नहुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here