२०७७ असार २० गते शनिबारको राशिफल

0
793

मेष– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

वृष– आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन– चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

सिंह– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ ।

कन्या– विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला– परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् ।

वृश्चिक– नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ ।

धनु– तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

मकर– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ ।

कुम्भ– सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ ।

मीन– शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here