‘चाहना विपरितको संविधान जनताले मान्दैनन्’

0
390

विर्तामोड,भदौं ८ । जनता पार्टी नेपालका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले देशमा दुरगामी नेताको अभावका  कारण मुलुकमा यो  अवस्था सृजना भएको वताएका छन् ।
झापाको विर्तामोडमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उनले यस्तो वताएका हुन् । नेपालमा हिसांको शिद्धान्त र अपहरणको राजनीतिका कारण देश संकटमा फसेको वताउँदै जनताको चाहना विपरित संविधान जारी गरिए त्यो जनताले नमान्ने वताएका छन् ।
एक फरक प्रसङ्गमा युवा शक्तिलाई देशमै रोजगारको अनुकुल वातावरण सिर्जना गर्नु पर्न र विदेशी राष्ट्रद्धरा उपलव्ध सहयोग नेपालको हितमा प्रयोग गरिनु पर्ने वताए ।
विष्णु निरौलाले स्वागत गरेको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अरुणकुमार सुवेदी निर्मल कुमार दुगड, महासचिव ख्याम आर्चाय लगायतले वोलेका थिए ।
यसैवीच वेदप्रकाश अग्रवाललाई संयोजकमा चयन गर्दै पार्टीको झापा जिल्ला कमिटी गठन गरिएको छ ।