पहिरोका कारण तीन परिवार विचल्नीमा

0
450

पाँचथर, भदौं १५ । कही दिन अघि पहिरोका कारण विस्थापित वनेका पाँचथर फलैँचा – ८ का तीन घर परिवारको विचल्नी भएको छ ।

गत भदौ ११ गते राती अविरल वर्षासँगै घर माथिवाट आएको पहिरोले अग्निप्रसाद पोख्रेल,विष्णु पोख्रेल,पूर्णप्रसाद पोख्रेलको घर पुरिएको थियो ।

अहिले उनीहरु छिमेकीको घरमा शरण लिएर वसेका छन् । अहिलेसम्म राहतका लागि जिल्लावाट कोही पनि आफूकहाँ नआएको उनीहरुको भनाई छ ।

रेडक्रस,दैविक प्रकोप उद्दार समिती कतैवाट पनि आफूहरुले राहात नपाएको अग्निप्रसाद पोख्रेलले बताए ।