मदेशबादी दल अव पहाडमा

0
588

 

 

नरेन्द्र रिमाल
पाँचथर,भदौ २६ । मदेश केन्द्रीत राजनीतिमा देखिएका मदेशबादी दलले पहाडी जिल्लाहरुमा पनि आफनो संगठन बिस्तार गर्न थालेका छन ।
यसै क्रममा पाँचथरमा पहिलो पटक मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले आमसभाको आयोजना गर्दै जिल्ला कार्य समिति र भातृ संगठनको घोषणा गरेको छ ।
फोरमका केन्दी्रय सदस्य अर्जुन तुम्रोक उपस्थित सभाबाट पाँचथर जिल्लामा राजभक्त योङया अध्यक्ष रहेको ११ सदसिय जिल्ला कार्य समिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा सुनिलराय बर्मा, उपाध्यक्षमा रितुबर्ण बाँस्कोटा, सचिवमा खगेन्द्र तिम्सिना, सह सचिवमा सुमन कार्की र कोषाध्यक्षमा कालिका बाँस्कोटा रहेकोे फोरम पाँचथरले जनाएको छ ।
सोही अवसरमा लोकतान्त्रिकले आफनो भातृ संगठन लोकतान्त्रिक युवा मञ्चको समेत घोषणा गरेको छ । २५ सदसिय समितको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस निराकर सुब्बा, नरेन्द्र योङया, जिवन लिम्बु, बिसाल लावती र अपिल तामाङ रहेका छन् ।
जिबिस खुल्ला मञ्चमा आयोजित आमसभा अघि उक्त पार्टीले सदरमुकाममा ¥यालीसमेत निकालेको थियो ।