दार्जिलिङ आन्दोलन अन्तत जिटिएमा रोकियो, नेताले धोका दिए नागरिक

0
431

नरेन्द्र ढकाल
 इटाभट्टा,असोज १२ । छिमेकी देश भारतको दाजिलिर्ङमा छुट्टै राज्य गोर्खाल्याण्ड प्रप्ति बाहेक कुनै पनि सम्झौता नगर्ने भन्दै ३६ दिन सम्म आमहडताल गरेर आन्दोलनमा उत्रिएका नागरिकको भावन विपरीत आन्दोलनको नेतृतव गरेको गोर्खा जनमुक्ति मोर्चाले अन्नत जिटिए सम्झतामा हस्ताक्षर गरेको छ ।

लामो समय सम्म बन्द, हडताल गरेको गोर्खा जनमुक्ति मोर्चाले पुन नागरिकको भावना विपरित गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन (जिटिए) मा नै चित्त बुझाएको दार्जिलिङबाट प्रकाशित हिमालयन दर्पणले जनाएको छ ।

जिटिए बैठकले मोर्चाकै अगुवा नेता तथा सभासद विनय तामाङलाई कार्यकारी प्रशासकमा नियुक्त गर्न सिफारिस गर्दै गोर्खाल्याण्ड राज्यको साटो सीमित अधिकारप्राप्त यही स्वायत्त निकायलाई निरन्तरता दिने निणर््ँय पनि गरेको बताइएको छ । तर निरन्तर आन्दोलनमा सहभागि भएर गोर्खालयाण्डको पक्षमा आनदोलन गरेका जनताले भने उक्त सम्झौताको चर्को विरोध गरेको हिमालय दर्पणले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

आन्द्रप्रदेशबाट तेलङगनालाई छुट्टै राज्यको मान्यता दिइने भएपछि जुलाई अन्तिमदेखि गोर्खाल्याण्ड राज्य प्राप्तिका लागि आन्दोलन चकिर्एलगत्तै ”जिटिए” कार्यकारी प्रशासकबाट मोर्चा अध्यÔ विमल गुरुङले राजीनामा दिएपछि रिक्त पदमा तामाङलाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

आन्दोलन चर्कीए लगत्तै पक्राउ परेका तामाङ जिटिए कार्यकारी प्रशासक भएपछि पश्चिम बंगाल सरकारले उनलाई तत्काल रिहा गरि दाजिलिर्ङ पठाउने तयारी थालेको हिमालयन दर्पणले जनाएको छ । तामाङ सिक्किमबाट पक्राउ परेपनि उनलाई नेपालको इलामबाट पक्राउ गरेको केही भारतीय सञ्चारमाध्यमले दाबि गरेका थिए ।

उच्च र सर्वोच्च न्यायालयबाट पार्टीलाई पर्नसक्ने आघात, पश्चिम बंगाल सरकारको कठोर अडान र पार्टीका शीर्È नेता पक्राउ पर्नसक्ने भयले मोर्चाले ”जिटिए” स्वीकार्दै तामाङलाई कार्यकारी प्रशासकमा नियुक्त गरेको जनाइएको छ ।

समग्र दाजिलिर्ङको विकासका लागि गठित भनिएको ”जिटिए” बंगाल सरकारले नेपालीभाÈी झुक्याउने पासोमात्र रहेको उल्लेख गर्दै एक नेताले भनेका छन् कालान्तरमा यसलाई त्याग्ने र गोर्खाल्याण्ड आन्दोलन सशक्त पार्ने योजना रहेको जानकारी गराए ।४५ सदस्य रहने ”जिटिए” मा शुक्रबारको बैठकमा मुख्य सचिव आरडी मीनासहित ३४ को मात्र उपस्थिती रहेको थियो।

आन्दोलन चकिर्एपछि पक्राउ परेका १० सभासद जेलमैं रहेका र पूर्व कार्यकारी प्रशासक विमल गुरुङ अनुपस्थित भएकाले ”जिटिए”का सबै पदाधिकारी उपस्थित नभएको स्रोतको भनाई छ । छुट्टै राज्यबाहेक अरु कुनै पनि सम्झौता नगर्ने भनदै आन्दोलन चर्काउदै आएको मोर्चाले फेरि ”जिटिए”मैं अल्झिए पछि दाजिलिर्ङÔेत्रका वासिन्दा रुष्ट बनेको जनाइएको छ ।

सयौं वर्षदेखि आन्दोलन गर्दै आएका दार्जिलिङ बासीले छेट्टै गोर्खाल्याड राज्य प्राप्ति हुनेमा अब आशा मारिसकेको जनाएका छन् । उनीहरुले नेताहरुको अडान लिने क्ष्मता नभएका कारण केन्द्र सरकारले आनदोलन दबाउने गरेको बताएका छन् ।

आनदोलनका क्रममा मोर्चाका अध्यक्ष विमल गुरुङले छुटै राज्य प्राप्ति नभए दार्जिलिङमा रगतको खोला बगाउने चेतावनी दिएका थिए भने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनेर्जीले कुनै पनि हालतका गोर्खाल्याण्ड नदिने अडान ब्यक्त गर्नुभएको थियो । आनदोलनलाई उच्चाईमा पुर्याउन जनताले साथ दिए पनि नेताहरुले जिटिएमा सम्झौता गरेपनि निराश बनेको हिमालयन दर्पणले जनाएको छ ।