सूर्यज्योतिले २१औं शताब्दीको शिक्षण अवलम्वन गर्ने

0
512

अमित खम्बू
अर्जुनधारा,असोज १७ । यसअघि मुलुकको सिमित सुविधासम्पन्न क्षेत्रमा मात्र अध्धयन हु“दै आएको २१औं शताब्दीको शिक्ष्ँण पद्धती अनुसारको विद्यार्थीमूलक शिक्षाको अवधारणा अब अर्जुनधारा–५स्थित सूर्यज्योती अङग्रेजी आवासीय निम्न माध्यमिक विद्यालयले पनि अवलम्वन गर्ने भएको छ ।
वि.संं २०५३ सालमा स्थापित भइ निरन्तररुपमा सञ्चालन भइ ग्रामीण क्षेत्रबाट शिक्षाको क्षेत्रमा विशेष योगदान पु¥याउ“दै आएको विद्यालयले यसपटक भने सोही ठा“उमा रहेको विद्यालयको आफ्नो १० कट्टा जग्गामा निर्माण हुन लागेको आफ्नो सुविधासम्पन्न भवनको विहिबार सम्पन्न शिलान्यास कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक एवं लगानीकर्ता रुद्रप्रसाद सिटौलाले सो अवधारणा अवलम्वन गर्ने बारे जानकारी गराएका थिए ।
भवन निर्माण कार्य सम्पन्न भए लगतै आगामी नया“ सेसनस“गै नव निर्मित १० कोठासहित दुई तले भवनमा निमावि तहको पठनपाठन तत्कालै सञ्चालन गरीने बताइएको सो विद्यालयले सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उच्च शिक्षा सम्मको कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको लगानीकर्ता विक्रम पराजुलीले बताए ।त्यसतै पहिलो चरणअन्तर्गत निर्माण सम्पन्न हुन लागेको सुविधासम्पन्न विद्यालय भवन निर्माणका लागि लागत मूल्य ६० देखि ७० लाखसम्म पुग्ने लगानीकर्ता पराजुलीले जानकारी दिए ।
संस्थापक प्रधानाध्यापक सिटौलास“गै ओजस श्रेष्ठ,पारीज प्रधान,विक्रम पराजुलीलगायतको संयुक्त लगानीमा विविध सुविधासम्पन्न पूर्वाधारहरुसहित चार चरणमा विभाजन गरीएको उक्त गुरुयोजना पूर्णरुपमा सम्पन्न हुन पा“च वर्षको अवधी लाग्ने र लागत तीन करोड पुग्ने विद्यालयकातर्फबाट सञ्चालक समिति प्रतिनिधि अमित सिजापतीले जानकारी गराएका थिए ।
वृहतरुपमा उपस्थित भएको विद्यार्थी,अभिभावकहरुको उपस्थित रहेको कार्यक्रममा विद्यालयका शिक्षिका चन्द्रा ओली,भीमादेवी सिटौला,कमला सिटौलालगायतको सहभागीता रहेको  थियो ।