वन्द गर्दै हिड्ने परिषदका ६ कार्यकर्ता पक्राउ

१७ आश्विन २०७०, बिहीबार मा प्रकाशित

बिर्तामोड, असोज १७ । संविधान सभा निर्वाचनका लागि उमेद्वारी मनोनयनमा अवरोध खडा गर्ने ६ जना मञ्चसम्वद्ध  संघीय लिम्वुवान राज्य परिषदका कार्यक्रर्ता आज झापाको दमकवाट पक्राउ परेका छन् ।
झापाको दमकमा लिम्वुवान कार्यक्रता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा परिषदका  सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, दमक नगर अध्यक्ष लीला थापा मगर, एलभी कमाण्डर शरण जवेगु, धन राई, इलाम जिल्ला सचिवालय सदस्य विक्रम लेक्वा लिम्वू, रहेका छन् । उमेद्धारी मनोनयन असफल पार्न झापा सहित पूर्वका जिल्लामा आज नेकपा – माओवादी, मञ्चसम्वद्ध सं
घीय लिम्वुवान लगायतका दलले यातायात वन्द आवहान गरेका छन् । सडकमा चुनावको विरोधमा उत्रीएका पार्टीका कार्यकर्ता प्रर्दसन गरिरहेका छन् भने झापाका विभिन्न स्थानमा प्रहरीसंग घम्सा घम्सी भइरहेको छ । प्रहरीको उपस्थिति पनि वाक्लै रहेको छ । लिम्वुवान कार्यकर्ताले ठाउँ ठाउँमा सडकमा रुख ढालेर अवरोध खडा गरेको वताइएको छ ।
यसैवीच मञ्चसम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले पक्राउ परेका कार्यकर्ता विना शर्त रिहा नगरिए वन्दलाई यथावत राख्दै आन्दोलनका कार्यक्रम थप शसक्त पार्ने वताएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मिराकले यस्तो वताएका हुन् ।
आसन्न संविधानसभाको निर्वाचनको विपÔमा रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈदले प्रत्यÔ तर्फको उमेदवारी दर्ता गर्ने दिन आज पूर्वका नौ जिल्लामा  यातायात बन्दको आवाहान गरेको हो ।
संविधानसभाको निर्वाचन अघिनै गोलमेच सम्मेलन गरी निर्वाचन प्रकृया सुधार गर्नुपर्ने लगाएतका माग दोहो¥याउदै निर्वाचन प्रकृया विथोल्ने कार्यक्रम सहित आज बन्दको घोÈणा गरेको परिषदका केन्द्रीय सदस्य प्रेम घिमिरेले वताए ।

बन्दको कारण पूर्वको मेची र कोशी राजमार्गमा विहानैदेखि यातायात सञ्चालनम आउन सकेको छैन भने भित्री राजमार्गमा समेत यातायात बन्द भएका छन् । यातायात बन्द हँदा दशैमा घर फर्कने सयौं यात्रु वीच वाटोमानै अलपत्र परेका छन् ।

परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले कात्तिक ७ गते मोरङको उर्लाबारीदेखि झापाको दमकसम्म १० हजार लिम्बुवान भोलेन्टियर्स मार्च पास गर्ने, कात्तिक११ गते लिम्बुवान नौ जिल्ला आम हडताल आब्हान, कात्तिक २ गतेदेखि उम्मेदवारहरुलाई गाउ“ प्रवेशमा रोक, चारदलका शीर्È नेताहरु पुगेको जिल्ला बन्द गर्ने र ३३ दलको कार्यक्रमलाई सहयोग गर्दै कातिक २५ गतेदेखि मंसीर ५ गतेसम्म नेपाल बन्द गर्ने समेत बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।