आजवाट खुदुनावारीमा फुटवल शुरु

१५ आश्विन २०७०, मंगलवार मा प्रकाशित

ओमप्रकाश भट्टराई 541837_368070536658612_260980731_n
खुदुनाबारी असोज १५ ।  झापाको खुदुनाबारीमा नेपाल तरुण दल खुदुनाबारीको आयोजना र नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को मुख्य प्रायोजनमा अन्तर क्षेत्रिय मैत्रीपुर्ण नक आउट फुटबल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता अन्तर्गत हिजोको उद्घाटन खेलमा अर्जुनधारा गाविसलाई ३ का विरुद्ध ४ गोल गर्दै आयोजक खुदुनबारी ए टिम बिजयी भएको छ । खेलको निर्धारित समय सम्म दुवै टिमले एक एकको वरावरी खेलेपछि नतिजा ट्राईवेकरबाट निकालीएको हो । पहिलो हाफको ३४ औँ मिनेटमा अर्जुनधाराले पहिलो गोल गरेको थियो । पहिलो हाफमा एक शुन्यको गोल अन्तरले अगाडी रहेको अर्जनुधाराले हाफ टाईम पछिको समयमा त्यति राम्रो प्रर्दशन गर्न सकेन । खेलको मध्यान्तरपछि निकै आक्रामक बनेको खुदुनाबारी ए टिमले खेलको ५६ ओै मिनेटमा महत्वपुर्ण सफल्ता हासिल गर्यो । जर्सि नम्बर ५ का मिलन श्रेष्ठले गरेको पोल किकले जाली चुमे पछि आयोजक खुदुनाबारीले खेल एक एकको बराबरीमा रोक्यो । निधारित समय सम्म खेल एक एकको वरावरी सकिएपछि नतिजा ट्राईव्रेकरबाट निकालिएको थियो । ट्राईवेकरमा ५ गोल गर्ने मौका पाउदा आयोजक खुदुनाबारीले ४ गोल गर्न सफल बनेको थियो भने अर्जुनधाराले ३ गोल गर्दैै प्रतियोगीतामा पराजीत हुन पुग्यो । यसेैविच नेपाल तरुण दल खुदुनाबारी गाउ कमिटीले आयोजना गरेको प्रतियोगीताको हिजोको उद्घाटन खेलको प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला कार्यसमितीका अध्यक्ष उद्धव थापा रहनु भएको थियो । थापाले नजिकीदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी, दिपाली र छठ पर्वको शुभकामना ब्यक्त गर्नु भएको छ । साथै कार्यक्रममा उहाले आसन्न संविधान सभाको दोस्रो निर्वाचनको लागी पनि सवै खुदुनाबारी वासीलाई शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेसलाई अत्याधिक मतले बीजयी गराउन आग्रह पनि गर्नुभएको थियो । थापाले आफ्नो पार्टीका भात्री संगठन नेपाल तरुण दलमा युवाहरु अनुशासीत र मर्यादीत रहेको र त्यस्को उदाहारण नेपाल तरुण दल खुदुनाबारी गाउ कमिटी रहेको बताउनुभयो । प्रतियोगीताको उद्घाटन खेलमा विषेस अतिथी नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापती भिष्म बिमली, तरुण दलका केन्द्रिय सदस्य मदन वुडाथोकी, शिक्षक संघ केन्द्रिय सदस्य सरस्वती सिटौला, इलामका ४ वटा र झापाका ६ वटा गाविसबाट नेपाल तरुण दलका सभापतीहरुको उपस्थीती थियो । प्रतियोगीता अन्तर्गत आजको खेलमा शनिस्चरे गाविस र दानाबारी गाविसविच खेल हुने छ । खेल खुदुनाबारीको जनता उच्च माविको मैदानमा भइरहेको आयोजक तरुणदल खुदुनाबारी सभापती टंक नाथ भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीता नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले प्रायोजन गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।