मुर्ती चोरी गर्ने एक ब्यक्ति पक्राउ

0
873

सोलु ।

सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन् । सोमबार दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएको र मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरेर लगेको मुर्ती सहित पक्राउ गरेको हो ।

उनी माथि कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here