२०७७ असोज ६ गते मंगलबारको राशिफल

0
666

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अवसरका साथ केही चुनौति पनि देखा पर्ने छन् । हठात् निर्णय गर्दा समस्या देखिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला । अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ । समस्या समाधान गर्न काम दोहो¥याउनुपर्ने हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

होसियारी साथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काममा अलि बाधा हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मेहनतले सजिलै लक्ष्यमा पु¥याउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here