ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजेन्द्र र दिपकको टिमलाई

0
796

बिर्तामोड ।

इलाका प्रहरी कार्यालय अनारमनीले संविधान दिवसको अवसर पारे शुरु गरेको ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रहरी नायब निरीक्षक राजेन्द्र चौहान र प्रहरी जवान दिपक राईको टोली प्रथम भएको छ । त्यस्तै प्रहरी जवान तामिन्द्र मगर र कृष्ण चौधरीको टिम दोस्रो तथा प्रहरी हवल्दार मणिकुमार विमली र ज्ञानदेव महतोको टिम तृतिय भए । खेल अवधिमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रहरी जवान दिपक राई उत्कृष्ट खेलाडी घोषित भए ।

कोरोना भाइरसको महामारीको समयमा २४ घण्टा जनताको सुरक्षामा खटिने प्रहरीलाई खेल तर्फ पनि उत्तिकै सहभागिता गराउदै उनीहरुको मनोबल उच्च राख्न प्रतियोगिताको आयोजना गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय तथा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा ब्याडमिन्टन कोर्ट निर्माण कार्यमा सहयोग गर्ने पूर्व प्रहरी सहायक निरीक्षक तथा होटल व्यवसायी अम्विका पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कार व्यवस्थापनमा सहयोग गर्नुहुने पूर्व प्रहरी हवल्दार जनक खड्कालाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

खेलको माध्यमबाट प्रहरीको मनोबल उच्च राख्दै सुरक्षिामा खट्न अझ हौसला मिलोस् भनेर आफूले सहयोग गरेको पूर्व प्रहरी सहायक निरीक्षक तथा होटल व्यवसायी अम्विका पोखरेलले बताए । उनले खेलको माध्यमबाट मानिसलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here