२०७७ असोज १२ गते सोमबारको राशिफल

0
452

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन् । सुख समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै विशेष अवसर प्राप्त गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ । विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मान–सम्मान प्राप्त हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बौद्धिक क्रियाकलापले ठूलो अवसर दिलाउन सक्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here