२०७७ असोज १९ गते सोमबारको राशिफल

0
600

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर, अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तापनि मेहनत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।

िमथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ । विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ । साथीभाइको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौति समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ । चुनौतिपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मेहनत र लगनशीलताले लक्ष्यमा पु¥याउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

समस्या दर्शाउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रेमको बन्धन कसिने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । अतिथिका रूपमा सत्कार पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ । ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here