२०७७ असोज २५ गते आइतबारको राशिफल

0
771

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतिहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा इष्र्या गर्नेहरूले दुःख दिनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मेहनतले नतिजा सकारात्मक हुनेछ । आर्थिक लाभ हुने काममा जुट्ने छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बलभन्दा बुद्धिको उपयोगले समर्थवान् बनाउन सक्छ । गुमेको अधिकार पुनः स्थापित गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सेवामूलक कामबाट धनलाभ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

उद्योग र व्यापारमा पनि फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चुनौतिभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here