२०७७ काक्तिक २ गते आइतबारको राशिफल

0
729

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ । आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

योजना गोप्य राखेर अघि बढ्नुहोला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । इष्र्या गर्नेहरूले अवरोध पु¥याउलान् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । महनत गर्दा जीवनशैलीमा े परिवर्तन ल्याउन सकिनेछ । आफन्तको आगमन होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । भैपरी आउने कामले योजना स्थगित हुन सक्छ । आत्मविश्वासको कमीले पछि परिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बलजफ्तीले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । इष्र्या गर्नेहरूबाट सजग रहनुहोला । खर्च हुने डरले सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आफ्ना सूचना सम्बन्धी गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मेहनत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बछोडिएका आफन्तसँग भेटघाट हुनेछ । मेहनतले नाम र दाम दिलाउनेछ । दाम्पत्य एवम् प्रेममा सफलता पाइएला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here