२०७७ कात्तिक २३ गते आइतबारको राशिफल

0
773

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कला, साहित्य तथा संगीतमा रुची बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतिको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कार्य सम्पादनमा समस्या आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको
उत्तराद्र्ध सुखद् रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक
झैं–झमेला आउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । पाटनरसीपको
कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत
रहनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here