बालबालिका शिक्षामा अमेरिकी भन्दा चीनका उत्कृष्ट

0
1075


चीनका विद्यार्थी नानीहरु शिक्षामा अमेरिकी विद्यार्थी नानीहरुभन्दा धेरै नै अब्बल देखिएका छन् । ‘प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट एसेस्मेन्ट’ (जाँचमा)मा चीनका विद्यार्थीहरुले अमेरिकाका बालबालिकाहरुलाई समेत उछिनेका छन् । विश्वको दोस्रो धनी देश चीनले शैक्षिक क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै आइरहेको देखिएको छ ।

एसेस्मेन्टको मापन चार तहमा गरिएको थियो । पहिलो स्थान, दोस्रो, तेस्रो र चौथो स्थान । चौथो स्थानलाई सर्वोत्कृष्ट मानिएको थियो । चीन मुख्य भूमिका नानीहरुले त चौथो स्थानमा पनि प्रथम भई सर्वोत्कृष्ट भइहाले । चीनपछि मकाओ, हङकङ र सिंगापुरका नानीहरुले पनि चौथो स्थान हासिल गरेका थिए । एसेस्मेन्टमा अमेरिकाका विद्यार्थी नानीहरुले केही विषयमा तेस्रो र केही विषयमा दोस्रो स्थान मात्र हासिल गरेका थिए ।

‘अर्गनाइजेशन फर इकोनमिक कोअपरेशन एण्ड डेभलप्मेन्ट (ओ.इ.सि.डि.)’ले लिएको एसेस्मेन्टमा विश्वका उनान्असी देशका पन्ध्र वर्षसम्मका छ लाख विद्यार्थीहरु सामेल गरिएका थिए । एसेस्मेन्टमा सबैलाई उछिनेर चीनका विद्यार्थीहरु उत्कृष्ट भएका थिए । सन् २०१८ मा आयोजना गरिएको सो एसेस्मेन्टलाई ‘प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट एसेस्मेन्ट’ नाम दिइएको थियो । एसेस्मेन्टमा चीनका बेइजिङ्ग, साङघाई, जिङसु र झेइजियाङ्ग प्रान्तका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यस एसेस्मेन्टले अमेरिकाको शैक्षिक स्तर राम्रो नभएको देखिएको छ । सो एसेस्मेन्टमा अमेरिकी अधिकांश विद्यार्थीहरु गणितमा कमजोर देखिए भने चौध प्रतिशत नानीहरुले मात्र सन्तोषजनक नतिजा हासिल गरेका थिए । एसेस्मेन्टमा अमेरिकी विद्यार्थीहरुले विज्ञान विषयमा तेस्रो र गणित विषयमा दोस्रो स्थान हासिल गरेका थिए । तर, चीनका विद्यार्थीहरु भने आफ्ना विश्वका साथीहरुभन्दा सर्वोत्कृष्ट स्थान हासिल गर्न सक्षम भए ।

शैक्षिक हब बेलायतका विद्यार्थीहरुले तेस्रो स्थान मात्र हासिल गरेका थिए । बेलायती विद्यार्थीहरु, तेस्रो स्थान हासिल गरेका मध्ये तेह्र देशभन्दा पछि परेका थिए । विश्वमै शिक्षक, शिक्षिकाहरुलाई उच्च दरको तलब दिने न्यूजिल्याण्डका विद्यार्थीहरुले पनि तेस्रो स्थान मात्र हासिल गरेका थिए । एसेस्मेन्टमा न्यूजिल्याण्ड बाईस देशभन्दा पछि परेको देखिएको छ । अष्ट्रेलिया जहाँ नेपाल, चीन लगायत विश्वका धेरै देशका विद्यार्थीहरुको पढाइको लागि आकर्षक गन्तव्य मानिएको छ, उसले पनि तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानमा परेका देशहरु मध्ये अष्टे«लिया अठार देशभन्दा पछि परेको देखिएको छ ।

यथार्थ के हो भने, धेरै देश विकसित भइकन पनि उनीहरुले दुई दशकदेखि शैक्षिक गुणस्तर बढाउन सकेका छैनन् । यद्यपि शैक्षिक गतिविधिका लागि धेरै बजेट खर्च गरिसकिएको छ । प्रन्ध्र प्रतिशतका दरले शैक्षिक खर्च बढाए पनि गुणस्तर बढाउन सकेका छैनन् । यो निकै छक्क पार्ने निराशाजनक स्थिति हो । यस्तोखालको एसेस्मेन्ट (जाँच) गरिएको वर्ष सन् २००० देखि अहिलेसम्म पनि एसेस्मेन्टमा सामेल अधिकांश देशहरुले शैक्षिक गुणस्तर उकास्न सकेका छैनन् । यी सब सामाजिक, आर्थिक पृष्ठभूमिका कारण हुन्छन्, तर चीनका गरीब विद्यार्थीहरुले समेत राम्रो नतिजा ल्याएका छन् ।

तर, यहाँ चाख लाग्दो कुरा त के देखिएको छ भने संसारकै धनी देश अमेरिका किन शैक्षिक गुणस्तरमा पछि परिरहेको छ ? उक्त एसेस्मेन्ट तथा अध्ययन अनुसार अमेरिकी विद्यार्थीहरुका पढाई, विशेषगरी गणित विषयको स्तर सन् २००० देखि फ्लाट रही आएको छ । पन्ध्र वर्षसम्मका विद्यार्थी नानीहरुले राम्ररी पढ्न समेत नसकिरहेको देखिएको छ । ‘फेडरल इनिसिएटिभ नो चाइल्ड लेफ्ट बिहाइन्ड एण्ड कमन कोर कार्यक्रम’ र बिलियन डलर बजेट खर्चका बाबजुद पनि अमेरिकामा शैक्षिक गुणस्तर सुध्रिएको छैन । अमेरिकाको शैक्षिक गुणस्तर राम्रो नहुनुमा त्यहाँ दुई दशकदेखि विद्यार्थी केन्द्रित बजेट बढाइएको छैन । जबकी शैक्षिक गतिविधि भनेर बिलियन डलर बजेट बढोत्तरी गरिएको छ ।

कुनै पनि कुराको जानकारी र तथ्य इन्टरनेट, अनलाईनहरुमा सजिलै पाइन्छन् । जसले गर्दा पुस्तक पढ्ने, अभ्यास गर्ने र याद गरिराख्ने बानीमा ह्रास आएको छ । पोर्टल्याण्ड माइनका पूर्व शिक्षिका एलिजावेथले न्यूयोर्क टाइम्सलाई भनेकी छन् कि– ‘नयाँ प्रविधिहरुले विद्यार्थीहरुको ध्यान, एकाग्रतामा ह्रास ल्याएको छ ।’ उनले निष्कर्षस्वरुप भनिन् कि– ‘प्रविधि जहिल्यै पनि हाम्रा साथी हुन सक्दैनन् । भर्खरै आएका ल्यापटपहरुले विद्यार्थीहरुलाई सिक्ने टुल्सहरुबाट टाढा लगेको छ ।’ उनको आशय– ‘प्रविधि, सिकाइको बेस्ट टुल्स् होइनन् बरु पुस्तकहरु नै सर्बथा बेस्ट टुल्स् हुन्’ भन्ने हो ।
कतिपयको भनाई यो छ कि– अमेरिकामा शैक्षिक स्तर सुधार नहुनुमा त्यहाँ प्रान्तैपिछेका शैक्षिक प्रणाली छन् । मुख्य कारणमा प्रभावकारी केन्द्रिकृत प्रणाली नुहुन हो । सामाजिक, सांस्कृतिक कारणले पनि स्तर सुध्रन बाधा पुगिरहेको बोस्टन कलेजका शैक्षिक नीति प्राध्यापक हेन्री ब्राउन स्वीकार्दछन् । उनले आर्थिक असमानतालाई समेत प्रमुख कारण मानेका छन् ।

सो एसेस्मेन्टमा, अनुच्छेद पढेर सार लेख्न दिइँदा अमेरिकी विद्यार्थीहरुले अनुच्छेद बुझ्न सकेनन् । एसेस्मेन्टमा दिइएको छोटो टास्क, दूधबारेको वैज्ञानिक अनुसन्धान पढी सार लेख्न भनिएकामा– ‘ड्रिङ्किङ्ग मिल्क इज द बेस्ट वे टु लुज वेट’ लेखेका थिए । त्यसरी अधिकांश विद्यार्थी नानीहरुले सार, कारण, तथ्य आदि लेख्न सकेनन् । यो सब कमजोरी हुनुको फ्याक्टर प्रतिवेदनमा, प्रबिधिलाई मानिएको छ ।

चीनका साना विद्यार्थी नानीहरु कसरी विश्वकै अब्बल हुन सक्षम भए त ? चीन पनि प्रविधिमा धेरै अगाडि देखिएको छ, तर स्कूलहरुमा पढाइ गर्ने शैली प्रविधिमै निर्भर हुने गरी छैन । साना विद्यार्थीहरु प्रत्यक्षरुपमा पुस्तक र शिक्षक÷शिक्षिकसँग पढ्दछन् । साथै, त्यहाँ अझै पनि इन्टरनेट र सामाजिक सञ्जाल लगायत प्रविधि ग्याजेट्स्, टुल्स्हरुबाट नानीहरुलाई टाढै राखिएको छ । जसले गर्दा प्रविधिले नानीहरुको दिमाग र जाँगर नष्ट गरिसकेको छैन ।
उक्त एसेस्मेन्टको नतिजाले विश्वको विद्यमान शैक्षिक पाटो उजागर गरेको छ । दुई वर्षअघि सम्पन्न भएको एसेस्मेन्ट भए पनि यो धेरैपछिसम्म पनि सान्दर्भिक हुनेछ । साना विद्यार्थीहरुलाई कसरी सिकाई गर्ने भन्ने कुरामा गम्भीर भएर सोच्न मार्गदर्शन गरेको छ । देशहरु विकसित हुँदैमा र प्रविधिमा छलाङ मार्दैैमा शैक्षिकस्तर राम्रो हुन्छ भन्ने केही ग्यारेन्टी छैन । कक्षा कोठाहरु प्रविधियुक्त हुँदैमा विद्यार्थी अब्बल हुन्छन् भन्ने केही निश्चित छैन । प्रविधिले लतको रुप लियो त्यो झनै हानिकारक हुन्छ भन्ने सन्देश दिएको छ सो एसेस्मेन्टले । ओ.ई.सि.डि.का महासचिव एन्जल गुरियाका भनाई अनुसार ‘एसेस्मेन्टमा सामेल विद्यार्थीहरुले प्राप्त गरेका नतिजाले विश्व अर्थतन्त्रको झल्को दिन्छ । स्कूलको गुणस्तरले भबिष्यको अर्थतन्त्रलाई पोषण गर्दछ ।’

साना विद्यार्थीहरुलाई शिक्षक शिक्षिकासँग प्रत्यक्षरुपमा पढाएमा मात्र प्रगति गर्न सक्छन् । प्रविधिमा स्टोर हुने ज्ञान, सीप विद्यार्थी नानीहरुको दिमागमा स्टोर हुनु चाहिँ उत्तम विधि हो । प्रविधिले गर्ने अभ्यास विद्यार्थीहरु स्वयम्ले गरे भनेमात्र त्यो प्रभावकारी, वास्तविक र दिगो हुन्छ भन्ने सन्देश दिएको छ उक्त एसेस्मेन्टले । युग आधुनिक, अत्याधुनिक, उत्तर आधुनिक या एक्काइसौँ, बाइसौँ शताब्दी हुन सक्छन् । कक्षा कोठाहरु प्रविधियुक्त स्मार्ट क्लास हुन सक्लान्, तर साना विद्यार्थीहरुलाई पुस्तकका माध्यमबाट शिक्षक÷शिक्षिकाहरुले प्रत्यक्षरुपमा नै पढाउनु, अभ्यास गराउनु सर्वोत्तम उपाय सावित भएको छ । तर, हाल देखिएको ‘कोभिड–१९’ जस्ता महामारीले विद्यार्थीहरुलाई प्रविधितिरै धकेलिदिएको छ र स्कूल, शिक्षक÷शिक्षिकाबाट टाढा राखेको छ । भावी समयका लागि विश्व शैक्षिक नीति बनाउन चुनौति थपिएको छ ।

(अन्तर्राष्ट्रिय अंग्रेजी अनलाईनको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here