अस्मिताको ‘देउन दिलमा दरबन्दी’मा मिलन र अमुदा ( भिडियो )

0
1080

काठमाडौं ।

अस्ट्रेलियामा बसेर मोडलिङ र अभिनयमा सक्रिय रियल लाइफ जोडी मिलन मिश्र र अमुदा बिस्ट फिचर्ड ‘देउन दिलमा दरबन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायन रहेको छ। देवल भण्डारीको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। भिडियोमा विकाश दहालको सम्पादन रहेको छ। रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो। कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल ‘मिलअमु फिल्म्स’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन कलाकार मिश्रले सम्पुर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here