युवापुस्ता कुलतमा फस्दै

0
2178

बिर्तामोड ।

झापाको अर्जुनधाराबाट गतसाता अर्जुन थापा (नाम परिवर्तन) लागूऔषध ब्राउनसुगर सहित पक्राउ परे । प्रहरीले उनको साथबाट लागूऔषध बरामद गरेसँगै इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर अनुसन्धान शुरु ग¥यो । किशोर अवस्थामा युवाहरु किन लागूऔषधको दुव्र्यसनमा फस्दै छन् भनेर प्रहरीले अनुसन्धानलाई अलिक फराकिलो बनायो । सोही क्रममा उनका बुबाआमा वैदेशिक रोजगारीको सिलसिलामा इजरायल र दुवईमा रहेको खुल्यो ।
त्यस्तै कनकाई नगरपालिकाबाट पनि किशोर अवस्थाकै आकाश थापा (नाम परिवर्तन) पक्राउ परे । उनको विषयमा पनि प्रहरीले अनुसन्धान गर्दा बुबा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको पाइयो ।

यी त उदाहरण मात्रै हुन् । पछिल्लो समय लागूऔषधको दुव्र्यसनमा फस्ने युवाहरु परिवारको प्रत्यक्ष निगरानीमा नहुँदा कुलतमा लागेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
किशोर अवस्थाका छोराछोरीको प्रत्यक्ष निगरानी गर्नुपर्नेमा अभिभावक रोजगारीका लागि घरबाट टाढा रहँदा कूलतमा लाग्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको प्रहरीले जनाएको छ । संगतका कारण, पारिवारिक वातावरण, खुल्ला सीमाना, आय–आर्जनको सहज स्रोत लगायतका कारण कुलतमा फस्नेको संख्या बढ्दै गएको प्रहरी नायब उपरीक्षक रिजालको भनाइ छ । प्रहरीले लागूऔषधसहित पक्राउ परेकाहरुको विषयमा पछिल्लो समय के कारणले कुलतमा फसे भन्ने विषयमा अनुसन्धान शुरु गरेको छ । अधिकांशको पारिवारिक निगरानी नहँुदा किशोरावस्थामै गलत बाटो हुँदै दुव्र्यसनमा फस्दै गएको पाइएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीले आगूऔषधको कारोबार तथा दुव्र्यसन रोक्न विभिन्न अभियान सञ्चालन गरिरहेको छ । प्रहरीले बिर्तामोड, अर्जुनधारा, कनकाईलाई पहिलो प्रथमिकतामा राखेर विशेष निगरानी बढाएको जनाइएको छ । १८देखि ४० वर्ष उमेर समूहका युवाहरु दुव्र्यसनमा फस्दै गरेको प्रहरीले जनाएको छ । धनआर्जनको क्रममा अभिभावक वैदेशिक रोजगारीमा हुने र यहाँ किशोरहरुलाई सहीबाटो देखाउने मानिसको अभाव हुँदा उनीहरु सहजै कुलतमा फस्ने गरेको अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय बजारबाट सहज रुपमा लागूऔषध भित्रिने र सेवनसंगै कारोबार गर्दै रकम समेत आर्जन गर्ने गलतबाटोका कारण पनि धेरै युवाहरु लागूऔषधको दुव्र्यसनमा फसेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । किशोरावस्थामा नै कुलतमा लाग्नुको मुख्य कारण भनेको परिवारको निगरानी नहुनु नै हो– प्रहरी नायब उपरीक्षक रिजालले भने । विद्यालय आउँदा–जाँदा छोराछोरीको व्यवहार, संगत र उनीहरुले मागे जति रकम दिँदा के गरिरहेका छन् भनेर अभिभावकले निगरानी नगर्दा उनीहरु कुलतमा फस्ने र अभिभावकले पछि मात्रै थाह पाउँदा धेरै समस्या हुने गरेको प्रहरीको भनाइ छ ।

लागूऔषध दुव्र्यसन मुद्दामा पक्राउ पर्नेको संख्या दिनहुँ बढ्दै जानुले युवाहरुको ठूलो जमात लागूऔषधमा फसेको देखिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए । ‘जति पक्राउ पर्छन् अधिकांश युवाहरु हुन्छन्’– रिजालले भने– ‘ठूलो संख्यामा युवा जनशक्ति कुलतमा फस्नु देशकै लागि घाटा हो ।’ कतिपय कारबाही भोगेर फर्केपछि पुनः लागू औषधको कुलतमा फस्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

गलत संगत, भारतसँगको खुला सीमानाका कारण लागूऔषधको सहज उपलब्धता, आवश्यकताहरु पूरा नहुँदा मनमा उत्पन्न हुने निराशा, बेरोजगारी आदि युवाहरु लागूऔषधमा फस्नुको मुख्य कारण रहेको निष्कर्ष प्रहरीको छ । प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । लागूऔषध मुद्दामा अदालतबाट धरौटी र सजाय भुक्तान गरेर छुटेकाहरु फर्किएपछि पुनः कुलतमा लाग्ने गरेको पाइएकाले पुनस्र्थापनाका कार्यक्रम आवश्यक रहेको प्रहरीको भनाइ छ ।

‘सजाय भोगेर आएपछि पनि लागू औषध प्रयोग गर्ने गरेको पाइएकाले प्रहरीको कारबाहीले मात्र यसलाई नियन्त्रण गर्न चुनौति छ’– रिजाल भन्छन्– ‘लत लागेकालाई पुनस्र्थापना, कुलतमा फस्न नदिन सचेतनासँगै परिवारबाट पनि सतर्कता अपनाउन जरुरी देखिन्छ ।’ लागूऔषध नभइ नहुने अवस्थामा पुगेकाहरुलाई कारबाहीले मात्र नहुने प्रहरीको भनाइ छ ।
नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने भएकाले खुला सीमानाका कारण झापामा सजिलै लागूऔषध भित्रिने गरेको प्रहरीको ठहर छ । फलस्वरुप, लागूऔषध दुव्र्यसनमा युवापुस्ता सजिलै फसिरहेका छन् । बिर्तामोडमा रोजगारी तथा अध्ययनको सिलसिलामा धेरै युवाहरु बस्ने र परिवारको प्रत्यक्ष निगरानी नहुँदा उनीहरु कुलतमा फस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले २०७६ साउन १ गतेदेखि २०७६ पुस २८ गतेसम्ममा दुई महिलासहित २२ जनालाई पक्राउ गरेको थियो । उनीहरुका साथबाट दुई सय २१ ग्राम ब्राउनसुगर र खैरोहेराइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । २०७६ पुस २८ गतेबाट इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका रिजालले हालसम्म एक महिलासहित ४३ जनालाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट दुई सय एक ग्राम ब्राउनसुगर र खैरोहेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
लागूऔषधसहित युवापुस्ता धमाधम पक्राउ पर्न थालेपछि कारण समेत बुझ्न थालेको प्रहरीले जनाएको छ । किराना पसलदेखि एग्रोभेटबाट समेत प्रहरीले लागूऔषधसहित पक्राउ गर्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
के छ कानूनमा ?
लागूऔषधसहित पक्राउ पर्नेहरुमा परिमाण हेरेर सजाय हुने व्यवस्था रहेको छ । २५ ग्रामसम्म लागूऔषध बरामद गरेमा ५देखि १० वर्ष कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने कानूनी व्यवस्था रहेको छ ।
त्यस्तै २५ ग्रामदेखि एक सय ग्रामसम्ममा १० वर्षदेखि १५ वर्षसम्म कैद, ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ । एक सय ग्रामदेखि माथि बरामद भएमा १५ वर्ष (जन्मकैद) र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी ब्यवस्था रहेको छ ।

खैरोहेरोइनसहित दुई जना पक्राउ
झापाको मेचीनगर नगरपालिका–७ गैह्रीगाउँबाट नियन्त्रित लागूऔषध खैरोहेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतवार पश्चिम बंगाल दार्जीलिङ पानी ट्याङ्कीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका–३का ४७ बर्षीय दिलीपकुमार राजवंशीलाई १८ ग्राम लागूऔषध खैरोहेरोइन तथा भारतीय रुपैयाँ नगद २१ हजारसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here