तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा नागरिकस्तरबाट ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गरिने भएको छ ।

बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा आयोजित कार्यक्रममा कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समितिले यस्तो जानकारी दिएको हो ।
बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गरिने जसमा आठफुटको जग र २५ फुटको महादेवको प्रतिमा रहने ,महादेवको प्रतिमा अगाडी पानिको फोहरा र आर्कर्षक विजुली बत्तिको व्यवस्था गरिने बताइएको छ ।
त्यस्तै उक्त टोल प्रवेश गर्न स्वागत द्वार निर्माण गरिने बताइएको छ । स्वागतद्वार र कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गर्न ३० लाख रुपैयाँ लाग्ने र उक्त रकम टोलवासीबाट संकलन गरिने र अपुग रकम विर्तामोड नगरपालिकासंग माग गरिने कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालले बताए ।

स्वागत द्वार र कैलाशेस्वर महादेवको प्रतिमा आगामी फागुन २७ गते शिवरात्रीको दिन अनावरण गरिने उनले जानकारी दिए ।
त्यस्तै बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा नमूना मार्ग निर्माण गरिने समितिका अध्यक्ष दाहालले बताए ।
पञ्चकन्या टोल प्रवेश गर्न स्वागत द्वार , सडकको दायाँ–वाँया वगैचा, बिचको डिभाइडरमा आकर्षक फुलबारी , किनारमा व्यवसायीक प्रयोजनको घर , ठाउँ –ठाउँमा विश्रामालय, अण्डरग्राउण्ड विजुलीसहितको आकर्षक सडक वत्ति ,पानिको फोहारासहितको नमूना मार्ग निर्माण गरिने उनले जानकारी दिए । उक्त कार्यको लागि तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त रकम संघीय सरकार , प्रदेश सरकार , स्थानीय सरकार र विभिन्न दाताहरुबाट संकलन गरिने उनले बताए ।
कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माणका लागि दिपककुमार दाहालको अध्यक्षतामा कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समिति गठन गरिएको छ । समितिका सचिवमा युवराज दाहाल रहेका छन् भने सदस्यहरुमा निर्जला प्रसाईं, गोपाल खतिवडा , पुनम पोखरेल , रुपनारायण पाण्डे र कुमार कडरिया रहेका छन् ।
समितिका अध्यक्ष दिपककुमार दाहालको अध्यक्षता तथा प्रदेश साँसद झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिकी सदस्य निर्जला प्रसाईंले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रदेश साँसद झलकसिंह दर्लामी , बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी , सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलगायतले देवी पञ्चकन्या टोलवासीले आफ्नो टोलको विकासका लागि गर्ने उक्त कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माणका परिकल्पनाकार ९३ वर्षिय वीरबहादुर चौहानले एक लाख रुपैयाँ ,ढुंगा ,वालुवा , गिटी , स्थानीय सरस्वता अधिकारीले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ, निर्जला प्रसाईंले एक लाख रुपैयाँ , डा. मो.नवाव आलमले ५१ ह्जार रुपैयाँ , साहित्यकार ,कलाकार ,मोडल भगवति ढुंगेलले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना , बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइराला , व्यवसायीहरु राजेन्द्र थापा , सुरेश वंशल , देवी संग्रौला , अरुण श्रेष्ठ , डा.प्रमोद राय , जनक खड्का लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन समितिका सचिव युवराज दाहालले गरेका थिए ।































