माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा शुरु

0
1143

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोड–४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा बुधबारबाट शुरु भएको छ ।

संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत गरेका थिए ।

बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष घनश्याम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

संस्थाका शेयर सदस्य एक हजार आठ सय ५१ जना, शेयर पुँजी एक करोड ७९ लाख ८२ हजार एक सय रुपैयाँ , निक्षेप संकलन ३५ करोड १६ लाख ९२ हजार छ सय ४९ रुपैयाँ , निक्षेप फिर्ता ३३ करोड ८९ लाख ८८ हजार पाँच सय ७७ रुपैयाँ , कर्जा लगानी छ करोड ३५ लाख ७९ हजार आठ सय १९ रुपैयाँ , कर्जा असुली सात करोड १४ लाख १७ हजार ८१ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

 

त्यस्तै कूल आम्दानी एक करोड नौ लाख ७४ हजार २७ रुपैयाँ ९० पैसा , कूल खर्च एक करोड ४५ लाख एक हजार १९ रुपैयाँ ६९ पैसा , नाफा पाँच लाख २३ हजार आठ सय २१ रुपैयाँ , कारोबार नौ करोड ४० लाख २१ हजार एक सय २४ रुपैयाँ ९७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै लकडाउनको समयमा सदस्यहरुलाई दिइएको कर्जाको व्याजमा १० प्रतिशत र हर्जनामा शतप्रतिशत छुट दिइएको , बिर्तामोडको कोरोना कोषमा २५ हजार रुपैयाँ प्रदान गरेको ,शेयर सदस्यलाई दुर्घटना तथा उपचार खर्चको व्यवस्था , मनमोहन हस्पिटल र प्रधान डाइग्नोष्टिक एण्ड कान्तिपूर मेडिसिन सेन्टरमा उपचार सहुलियत कार्डको व्यवस्था ,विपद् व्यवस्थापन तथा जोखिम राहत कोषको व्यवस्था , विशाणु जीवजन्तुको टोकाईमा राहत, महिला शेयर सदस्यलाई सुत्केरी पोषणको व्यवस्था लगायत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

कार्यक्रममा लेखा समितिका संयोजक रमेशकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव सञ्जयकुमार शर्माले वार्षिक नीति तथा कार्य योजना र बजेट प्रस्तुत गरेका थिए ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार संस्थाको १२औं वार्षिक साधारणसभा पुस २२ गते बुधबारबाट कार्यालयमा शुरु गरेर पुस २४ गते शुक्रबार समापन गरिने संस्थाका अध्यक्ष घनश्याम चौधरीले बताए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सञ्जयकुमार शर्माले गरेको संस्थाका व्यवस्थापक दिपक साफीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here