ट्याक्टरबाट लडेर बालकसहित दुई जनाको मृत्यु

0
620

बिराटनगर ।

उदयपुरको कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लैजादैं गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यता ताप्लेजुङ पाथिभरा याङबरक–५ मा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट दुई सयमिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक–५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here