ज्ञवालीको भारत भ्रमणले भारत–नेपाल सम्बन्धमा नयाँ क्षितिजको उदयः कोभिड १९को खोप यसको साक्षी

0
863

  • मोहन सिंह

१४ जनवरीदेखि शुरू भएको नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको तीनदिने भ्रमणले भारत–नेपालको दुईपक्षीय सम्बन्धको क्षेत्रमा एउटा नयाँ क्षितिजको उद्घाटन गर्नेछ, जुन सम्बन्ध अत्यन्त कठिन परीक्षाहरू पार भएर सफलतापूर्वक उत्तीर्ण भइसकेको छ।

कोरोना भाइरसले थुप्रै समस्याहरू ल्यायो अनि भारतले दीर्घप्रतीक्षित कोभिड १९ टीका मानवीय सहायताको रूपमा नेपाललाई प्रदान गरेर पुनः यस कुरालाई चरितार्थ गऱ्यो कि कुनै पनि बाहिरी शक्तिहरूले हाम्रो शताब्दिऔं पुरानो हाम्रो सम्बन्धलाई भत्काउन सक्दैन। असङ्ख्य सङ्कटहरू आउँदा पनि हाम्रो पारस्परिक सम्बन्ध त्यसमाथि विजयी बनेर घनीभूत हुनपुग्छ।
ज्ञवालीको भ्रमण त्यस्तो समयमा भयो, जतिखेर प्रधानमन्त्री केपी ओलीद्वारा संसदको विघटन गरिएकाले नेपाल राजनैतिक संकट र अस्थिरताको परिवेशमा पर्ने आशङ्का गरिएको थियो।
ज्ञवालीको भारत भ्रमण नेपालमा उच्च स्तरीय भारतीय अधिकृतहरू, जस्तै रअ प्रमुख, सेना प्रमुख अनि विदेश सचिवको एकपछि अर्को लगातार भ्रमणपछि भएको हो। दुई देशबीच मिलेर सुल्झाउनपर्ने धेरैवटा द्विपक्षीय समस्याहरू रहेको भए पनि उक्त भ्रमणहरूले मल्हमको काम गरेको छ। नेपालले त्यहाँ चलिरहेको राजनैतिक कलहको समाधान खोज्नसकेको खण्डमा उक्त भ्रमणहरूपछि भारतीय विदेश मन्त्रीको भ्रमणको अपेक्षा गरिएको छ।
परस्पर अविश्वासको मुख्य कारण रहेको सीमा विवाद दुईपक्षीय वार्ता अनि लोकतान्त्रिक माध्यमबाट साम्य पार्न सकिन्छ। भारतीय वरिष्ठ अधिकृतहरूको एकपछि अर्को भ्रमणले नयाँ गरी दुईपक्षीय वार्ताको बाटो प्रशस्त गरेको छ। भारत–नेपाल सम्बन्धलाई सुदृढ़ बनाउन यो सुदूर महत्वको विषय हो। ज्ञवालीको भारत भ्रमण केवल एउटा थालनी मात्र हो।
ओली सरकार सङ्कटमा परेपछि नै उनले हतारमा आफ्ना परराष्ट्र मन्त्रीलाई भारतमा पठाएका हुन् भनी उनका विपक्षीहरूले दावी गरिरहेको भए पनि तथ्यचाहिँ भारत र नेपालसित परस्पर हातेमालो गर्नुबाहेक अरू कुनै विकल्प छैन भन्ने सत्य धेरै पहिले दुई पक्षले बुझिसक्नु हो।
यद्यपि चीनियाँ निवेशकर्ताहरू नेपालमा ठूला निवेशकर्ताको रूपमा देखापरेका भए पनि दडसेम्बर महीनाको अन्त्यतिर चीनियाँ कम्युनिस्ट पार्टीका एउटा उच्च स्तरीय प्रतिनिधिमण्डलले जसरी नेपाल आएर धमिलोमा माछा मार्ने हताश तर असफल कोशिश गरे, नेपालीहरू त्यसको निहितार्थ बुझ्दछन्। नेपालीहरूले उनीहरूको त्यो प्रयास असफल गराइदिए।
जतिखेर प्रधानमन्त्री ओलीले मध्यावधि चुनावको बाटो प्रशस्त गर्दै संसदलाई भङ्ग गरिदिए अनि सत्तारूढ़ कम्युनिस्ट पार्टीमा ठाड़ो चिरा पऱ्यो, एउटा सकारात्मक पक्ष त्यहाँ विद्यमान थियो। भारत र नेपाल केवल अनुकूल मौसमका मात्र मित्र होइनन् भन्ने सत्यता त्यहाँ स्पष्ट र स्वाभाविक थियो। यी दुई मुलुकहरूले पहिले पनि धेरैपल्ट कठिन समयहरू देखिसकेका छन् र दुर्इपक्षीय सम्बन्धलाई बिगार्ने जम्मै अशुभ प्रयासहरूलाई असफल पार्ने गरी मजबुत भएर उदाएका छन्।
दुवै राष्ट्रहरूले बुझिसकेका छन् कि उनीहरूसित आदान–प्रदान गर्न केवल साझा संस्कृति र विरासत मात्र छैनन्, अपितु भू–राजनैतिक दृष्टिले पनि यी दुई राष्ट्रहरू एकअर्कामाथि निर्भर छन्।
नेपालमा विकास हासिल गर्नका लागि राजनैतिक स्थिरता अहम् महत्वको विषय हो। यद्यपि विगत केही महीना अनि सत्तारूढ़ पार्टीमा आएको विभाजनकारी कलहले नेपाली जनताको त्यो सपनालाई निषेध गरेको छ, जुन उनीहरूले कम्युनिष्ट पार्टीलाई सहज बहुमतले सत्तामा पुऱ्याउन भोट खसाल्दा देखेका थिए। बहुसङ्ख्यक नेपालीहरूले राजनीतिक अस्थिरता र रक्तपातका दिनहरू अब अन्त्य हुनेछन् भन्ने अपेक्षा साँचेका थिए।
प्रायशः बुद्धको यस भूमिलाई राजनैतिक अस्थिरता र हत्याहरूको भूमिको रूपमा चित्रित गर्ने बाहिरी मीडियाहरूले हाम्रा राजनैतिक नेतृत्वहरूले आफ्नो परिपक्वता प्रमाणित गर्दै देशलाई एउटा नयाँ र प्रगतिशील संविधान दिएपछि बिस्तारै आफ्नो धारणा परिवर्तन गर्नथालेका थिए। तर संसदको विघटन, हिजोसम्म जनताले सम्मानको दृष्टिले हेरिरहेका नेताहरूबीच हिलो छेपाछेप अनि सामान्य जनजीवनलाई असहज पार्ने सड़क ऱ्यालीहरूले फेरि अखबारका पानाहरू भरिनथालेका छन्। राजनैतिक कलह जति लम्बिन्छ, त्यसले देशलाई उत्ति नै हानि पुऱ्याउनेछ, यसैले यो हामी सबैले हातेमालो गर्ने अनि सबैलाई स्वीकार्य समाधान खोज्ने समय हो।
एक दशक लामो माओवादी आन्दोलनकालमा नेपालीहरू राजनैतिक रूपमा मजबुत र परिपक्व भएर उदाएका छन् अनि शासनप्रणालीका अन्य सबैअङ्गहरूमा प्रजातन्त्र निहित रहन्छ भन्ने महसुस गरेका छन्।
सगरमाथाको भूमि अनि एक समय संसारकै सबैभन्दा शान्तिपूर्ण देशको रूपमा चिनिएको नेपालले अझै पनि राणा शासकहरूको हुकुमे शासनलाई भुलेका छैनन्, जसले देशलाई अँध्यारोतर्फ घचेटिदिएको थियो। नेपालीहरूले के पनि बुझेका छन् भने न त माओवादी शैलीको प्रशासन न राजतन्त्रले नै देशको लागि राम्रो गर्नेछ।
एक सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा भारत प्रजातान्त्रिक अभ्यास अनि शासनको क्षेत्रमा सदैव उदाहरणीय देश रहिआएको छ।
प्रजातन्त्र हासिल गर्न सहयोग गर्नमा भारतको भूमिकालाई नेपालले अस्वीकार गर्नसक्दैन। हाम्रो उत्तरी छिमेकी आफ्नो निहित स्वार्थ पूरा गर्न नेपाललाई बलिको बोको बनाउन संसारको बृहत्तम प्रजातन्त्रसित सदैव हानथाप गर्ने असफल कोशिश गरिरहेको हुन्छ।
भारत र नेपाल दुवैले ‘दुःखको साथी नै वास्तविक साथी’ भन्ने सिद्धान्तलाई पालन गर्दै आएका छन्।
कोरोना भाइरसले पुनः एकपटक प्रमाणित गरेको छ कि दुईमा एक देश कुनै समस्यामा पर्दा, चाहे त्यो जुनसुकै प्रकारको समस्या होस्, यी दुई देशहरू एक(अर्कालाई सेवा गर्ने अवसरहरूको खोजीमा अभिमुख हुन्छन्।
पर्सा क्षेत्रबाट सांसद सदस्य प्रदीप यादवले भर्खरै आफ्ना सोशल मीडियामा लेखेका छन्,
‘भारतले एक छिमेकीको रूपमा नेपाललाई घातक कोरोना भाइरसविरोधी भ्याक्सिन प्रदान गरेर दुई देशबीचको ऐतिहासिक अनि मानव–मानवबीचको सम्बन्धलाई सुदृढ़ तुल्याएको छ।‘ यादवअनुसार दुइपक्षीय सम्बन्ध केवल कुटनैतिक सम्बन्धमा आधारित हुँदैन अनि भारत सदैव नेपालसित उसको आवश्यकताको समयमा साथ उभिएको छ।
आशा गरौं, वर्ष २०२१ ले दुई देशलाई नजीक ल्याउनेछ अनि नेपालीहरूले आफूविरुद्धका सबै अशुभ कोशिशहरूलाई प्रतिकार गर्नेछन्।-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here