कमलका युवा कृषि पेशामा आकर्षित

0
1061

झापा,झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो ।
कूल ९७ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा ७ वडा रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ४४ हजार ३ सय ६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला २४ हजार ६९ जना रहेका छन् । यति ठूलो क्षेत्रफल र यति धेरै जनसंख्या भएको यस गाउँपालिकाका जनताको मुख्य पेशा भनेको कृषि र पशुपालन नै हो । यति ठूलो जनसंख्या कृषि तथा पशुपालनको क्षेत्रमा आवद्ध भएपनि गाउँपालिकामा उल्लेखनीय प्रगति हुन सकेको थिएन ।
तर, पछिल्लो समय जनप्रतिनिधि आएपछि भने कृषि तथा पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपछि यसले धेरै फड्को मारिसकेको छ । गाउँपालिकाको विकासको निम्ति कृषिको विकास हुन आवश्यक छ । यसका लागि हामीले कृषि र पशुपालनको क्षेत्रमा धेरै कार्यक्रम सञ्चालनमा ल्याएका छौ, जसअन्र्तगत गाई, कुखुरा, बाख्रा, माछा, च्याउ तथा वेमौसमी तरकारी उत्पादनतर्फ घुम्तीकोषमार्फत ५० हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरेका छौ । व्यवसायिक कृषकलाई घुम्तीकोष मार्फत ५० हजारदेखि २ लाख रुपैयाँ सम्म प्रदान गरेका छौ । त्यसैगरी अध्यक्ष पकेट कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादनतर्फ समेत कृषकलाई सहयोग गरेका छौ ।
यसका कारण पछिल्लो समय कृषि पेशातर्फ धेरै युवाहरुको आकर्षण बढ्न थालेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । नेपाल कृषि प्रधान देश भएको र देशलाई विकास गर्नुछ भने कृषि क्रान्ति गर्न आवश्यक छ । रेमिटान्सले मात्र देश चल्दैन, कृषिमा अवसरहरु प्रशस्तै छन् । तर, विडम्वना यस क्षेत्रमा जे जति लागेका छन् ती सब अशिक्षीत र गरिव किसान मात्र छन् । जसका कारण कृषि पेशामा सोचे जस्तो विकास हुन नसकेको कमल गाउँपालिका वडा नम्वर ३का कृषक बिनोदकुमार कँडेलको बुझाइ छ ।
त्यसैगरी वडा नम्वर ६मा विकास जिमीले जिमी कृषि फर्म सञ्चालनमा ल्याएका छन् । उनले ७ लाख रुपैयाँको लगानीमा बंगुर फर्म सञ्चालन गर्दै छन् भने कुखुरा पालनका लागि खोर निर्माणको अवस्थामा रहेको छ । त्यसैगरी वडा नम्वर ६मा योगेन्द्र नेपाल वैदेशिक रोजगारीबाट फर्किएर ३ वर्षदेखि वाख्रापलन व्यवसायमा रमाउँदै छन् । गाउँपालिकले अध्यक्ष पकेट कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषि पेशामा कृषकको आकर्षण बढेको छ । कार्यक्रमको नियम अनुसार कम्तीमा पाँच कठ्ठा जमिनमा तरकारी लगाउनु पर्ने र जैविक विषादि मात्र प्रयोग गर्नुपर्ने हुन्छ । जस अन्तर्गत कृषकले करेला, भिन्डी, बोडी, काँक्रा लगायतका तरकारी उत्पादन गरी राम्रो आम्दानी गरेको पकेट कृषि कार्यक्रम का अध्यक्ष दामोदार गुरागाँई बताउँछन् ।

गाउँपालिकामा पहिलोपटक डूमसिडर (वीऊ नराखी डूम बाट सिँधै धान रोप्ने विधि) प्रविधिबाट वडा नम्वर ६ र ७ मा धान रोपिएको छ । यो नयाँ प्रविबिाट रोपिएको धानबाट मनग्य आम्दानी हुने कृषकले अपेक्षा गरेका छन् । पुरानो प्रविधिभन्दा नयाँ प्रविधिबाट धान रोपेका कारण पनि कृषक उत्साही भएको इन्द्रेणी कृषक समूहका अध्यक्ष रमेश निरौला बताउँछन् । गाउँपालिकाले च्याउ खेतीतर्फ समेत कृषकलाई आवश्यक सहयोग गरेको छ । बिगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका वडा नम्वर ६का कृषक प्रेमबहादुर राई च्याउ खेतीलाई नै मुख्य व्यवसाय बनाएर रमाएको बताउँछन् । सिङ्गो गाउँपालिकालाई विषादिरहीत बनाउन हामी लागीपरेका छौं । यसका लागि माटो परीक्षण ल्याव समेत सञ्चालनमा ल्याइसकेका छौं । ल्याबबाट विरुवालाई आवश्यक पर्ने १४ किसिमका खाद्यतत्व परीक्षण गर्न सकिने र सोही अनुसार कृषकलाई आवश्यक सल्लाह सुझाव दिनाले समेत उत्पादनमा वृद्धि भएको छ ।

अर्कोतर्फ समयमा रासायनिक मल नपाएर कृषकले जुन समस्या भोग्नुपरेको छ । त्यसको विकल्पमा हामी आफंैले जैविक मल उत्पादन गरेर कृषकलाई दिने गरेका छौं यसबाट समेत राम्रो उत्पादन हुने गरेको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताए । गाउँपालिकाले कृषिको विकासका निम्ति पछिल्लो समय थुप्रै राम्रा काम गरेको छ । व्यवसायिक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवद्र्धन कोषमार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि कृषकको उत्पादनमा समेत बृद्धि भएको छ । तर, कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउँदा कृषक समस्यामा परेका छन् ।
आगामी दिनमा जनप्रतिनिधिले उत्पादनका साथै साथै बजारीकरणमा समेत ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here