‘निजी विद्यालयहरूलाई अपाङ्ग बनाई सँगै हिंडाउने राज्यको प्रयत्न छ’

0
486

धर्मराज माझी
केन्द्रीय सदस्य, नेशनल प्याब्सन

भर्खरै सम्पन्न महाधिवेशनबाट नेशनल प्याव्सनको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?
– खुशी लागेको छ । नेशनल प्याब्सन एउटा निजी (बोर्डिङ्ग) स्कूलहरूको हरेक गतिविधी, शैक्षिक मुद्दाहरू र शिक्षाको उन्नयनमा दरिलो भई स्फटिकझैं उभिएको संस्था हो । यस प्रतिष्ठित संस्थाको केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा सर्वसम्मतले चयन हुनु गौरव महसुस गरेको छु । यस जिम्मेवारीलाई मैले अवसर र चुनौतीको रूपमा लिएको छु । मोफसलमा रहेका विद्यालय, विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूको हकअधिकार स्थापित गर्न भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको छ जुन सहज अवश्य छैन, चुनौतीपूर्ण ठानेको छु ।
नेशनल प्याब्सनमा आवद्ध विद्यालयको अवस्था कस्तो छ ?
– नेशनल प्याब्सन निजी लगानीबाट कम्पनी दर्ता भई राज्यलाई मुनाफाको कर तिर्दै सञ्चालनमा आएका संस्थागत विद्यालयहरूको संगठन भएकाले यसमा ठूला लगानीबाट सञ्चालित, सबैखाले भौतिक पूर्वाधारले सम्पन्न “क” वर्गका देखि दूरदराजमा सामान्य भौतिक पूर्वाधार र सुविधा प्रदान गर्दै गरेका “घ” वर्गका विद्यालयहरू समेत आबद्ध छन् त्यस्तै प्राथमिक तहका विद्यालयहरूदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउने विद्यालयहरू छन् । अधिराज्यभरि २ हजार २ सयको हाराहारीमा यस संस्थाका सदस्य विद्यालयहरू छन् भने आबद्धता क्रम बढ्दो छ । झापाको सन्दर्भमा भन्ने हो भने प्राथमिक–२५, निम्न माध्यमिक–४, माध्यमिक–२६ गरी जम्मा ५५ विद्यालयहरूले यसका सदस्य हासिल गरेका छन् । मेची अञ्चलबाटै पहिलो पल्ट प्रवेशिका परीक्षामा बोर्ड फस्र्ट ल्याउने विदूर बोर्डिङ्ग चन्द्रगढीदेखि पूर्वाञ्चलकै जेठो स्नातकोत्तरसम्म अध्यापन हुने कन्काई बोर्डिङ्ग विर्तामोड यसै संगठनका सदस्य विद्यालयहरू हुन् । करीब २५ हजारको हाराहारीमा विद्यार्थीहरू एन प्याब्सन सम्बद्ध विद्यालयहरूमा अध्ययनरत् छन् भने १५ सय जना भन्दा बढिको संख्यामा शिक्षक तथा कर्मचारीहरू कार्यरत् छन् ।
वर्तमानमा समग्र निजी विद्यालय तथा नेशनल प्याब्सनका समस्या कस्ता छन् ?
– वर्तमान अवस्थामा निजी विद्यालयहरू सवै पक्षबाट उपेक्षित छन् । राज्यले निजी विद्यालयहरूले निर्वाह गरेको भूमिकाको अवमूल्यन गरेको छ । लगानीलाई निरुत्साहित गरेको छ । यहााबाट उत्पादित जनशक्ति समय सापेक्ष र गुणस्तरीय छन्, देश विकासको मेरुदण्ड बन्दै गएका छन् । गुणस्तरीय शिक्षाको खोजीमा अरबौं विदेशिने रुपैयाा केही हदसम्म विदेशिनबाट रोकेको छ निजी विद्यालयहरूले । निजी विद्यालयहरू लगानीकर्ताको निजी सम्पत्तिबाट स्थापना भएकाले आफ्नो निरन्तरताका निमित मिहिनेत गर्छन् । विद्यार्थीहरूलाई बढि भन्दा बढि प्रतिष्पर्धी बनाउादै तुलनात्मक रूपमा बजारमा विक्न सक्ने दक्षजनशक्ति उत्पादनमा तल्लिन रहेकै कारण आम अभिभावकहरूमा यसको आकर्षण बढ्दो छ । गरिब तथा विपन्न वर्गका अभिभावकहरू पनि दैनिक ज्याला मजदुरीगरी निजी विद्यालयहरूमा आफ्ना नानीहरू पढाउाछन् तर राज्य भने सम्भ्रान्त वर्गका अभिभावकहरूको नानीहरू मात्र निजी विद्यालयहरूमा अध्ययनरत् छन् भन्दै उल्टै अभिभावकहरूबाट कर असुल्दै छ भने उच्च शिक्षामा प्रदान गर्दै आएको ४ सय ५५ छात्रवृत्तिबाट यहााका विद्यार्थीहरूलाई वञ्चित गराइएको छ । शिक्षा ऐन अनुसार निजी विद्यालयहरूले प्रदान गर्दै आएको १ सय ५ छात्रवृत्ति प्राप्त गरी एस.एल.सी. सम्म अध्ययन गरेका दलित, आदिवासी, द्वन्द्व पिडित र विपन्न वर्गका नानीहरूले उच्च शिक्षामा छात्रवृत्ति नपाउादा शिक्षाको मौलिक हकवाट वञ्चित हुनुपरेको छ । राज्यद्वारा सञ्चालित सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयहरूसाग सागसागै हिड्न नसकिरहेको अवस्थामा संस्थागत विद्यालयहरूलाई लङ्गडो बनाई सागै हिडाउने प्रयत्नमा जुटेको छ राज्य । विद्यालयहरूको भौतिक पूर्वाधारहरू समय सापेक्ष बनाउन चुनौती छ । आफ्नो लगानीको सुरक्षा छैन । सहुलियत ऋणको व्यवस्था छैन । विद्यार्थीहरूबाट उठाइने उचित शुल्कमा समेत अंकुश लगाउन खोजिएको छ । शिक्षक, कर्मचारीहरूलाई राज्यबाट कुनै तालिम तथा प्रोत्साहन छैन । त्यस्तै निजी विद्यालयहरूप्रतिको नकरात्मक प्रचारबाजी, वन्द, हड्ताल, चन्दा चिा जस्ता समस्याहरू विकराल छन् ।
एन प्याब्सन यिनै समस्याहरूको समाधानमा तल्लिन रहादा रहादै आफ्नै साागठनिक विस्तारमा अलिक पछि परेको हो कि ! भन्ने महसुस भएको छ ।
निजी विद्यालयका कमजोरी तथा विकृति कस्ता छन् ?
– हामीमा आफ्नै कमजोरीहरू नभएका पनि होइनन् । अभिभावकहरूले आफ्नो गाासकाटी आफ्ना नानीहरूको उज्वल भविष्यको परिकल्पना सहित निजी विद्यालयहरूमा आफ्ना नानीहरू पठाउाछन् । त्यसकारण भौतिक सुविधा र दक्ष शिक्षक–शिक्षिकाहरू चाहनु स्वभाविकै हो । जुन विद्यालयहरूले परीपूर्ति गर्नै पर्छ । निजी विद्यालयहरूबीच आफैंमा अस्वस्थ प्रतिस्पर्धाले कहिलेकााही विसंगतीहरू ननिम्त्याएका पनि होइनन् । राज्यको नियमनमा रहेपछि राज्यको कानून मान्न पनि जरुरी छ । १ कक्षाको पनि अनुमति नलिई विद्यालयहरू सञ्चालनमा आएका छन् । निजी विद्यालय सञ्चालन गर्नु व्यवसाय मात्र नभई सेवा पनि हो भनी लगानी कर्ताहरूले बुझ्न जरुरी छ ।
ती समस्या र विकृति अन्त्यका लागि नेशनल प्याब्सनले के गर्छ ?
– नेशनल प्याब्सनले अभिभावकहरूको लगानीमा सन्तुष्टि, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, शिक्षक कर्मचारीहरूको श्रमको मूल्य र सेवामा सुनिश्चितता र लगानी कर्ताहरूको लगानीको सुरक्षामा जोड्दार पहलकदमी गर्दै आएको छ । आफैमा रहेको समस्या र विकृतिहरूलाई बढावा दिादै कुनैपनि संस्था दिगो हुन सक्दैन । अत: यी समस्याहरूको निराकरणका निम्ति नेशनल प्याब्सन सदैव सम्बन्धित पक्षहरूसाग वार्ता र सम्वादका माध्यमबाट हल गर्ने जवाफदेहिता निर्वाह गर्छ ।
नेशनल प्याब्सनको अबको कार्यक्रम कस्ता छन् ?
– नेशनल प्याब्सनको सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनबाट आगामी नीति तथा कार्यक्रमहरू पारित भएका छन् । निजी विद्यालयहरूलाई उचित व्यवस्थापनका निम्ति निजी शिक्षामैत्री शिक्षा ऐन तर्जुमा गरी लागू गर्न दबाबमूलक सडक देखि सदन सम्मका कार्यक्रमहरू तय भएका छन् । प्रविधियुक्त शिक्षा, विद्यार्थीहरूबीच विभिन्न अतिरिक्त क्रियाकलापहरूमा प्रतिष्पर्धा, एक पटकलाई कम्पनीमा अपडेट नभएकाहरूलाई मौका दिनुपर्ने, आवश्यक मापदण्ड पूरा गरी दर्ता प्रक्रियारत विद्यालयहरूलाई दर्ता गर्ने अवसर प्रदान गर्न राज्यलाई दबाब दिने, परीक्षा प्रणालीहरूमा सुधारका कार्यक्रमहरू ल्याउने जस्ता नीतिहरू लिई नेशनल प्याब्सन अघि बढेको छ । साथै संगठनमा आवद्ध नभएका निजी विद्यालयहरूलाई संगठनमा आवद्ध गराउने आव्हान सहित साागठनिक सुदृढिकरणका कार्यक्रमहरू पनि लिएर नेशनल प्याब्सन आगामी दिनहरूमा सशक्त ढंगले आइरहेको छ ।
नेशनल प्याब्सनकालागि समग्र मेची अञ्चलको समेत सशक्त नेता तपाईं, तपाईंको भूमिका कस्तो हुन्छ ?
– मलाई नेता होइन, कार्यकर्ता नै भन्नूस्, रह्यो कुरा म मेची अञ्चललाई मात्र प्रतिनिधित्व गर्ने मात्र नभएर नेशनल प्याब्सनको विधान अनुसार नेपाल अधिराज्य बाटै खुल्ला तर्फबाट ७ जना निर्वाचित हुने सदस्यहरूमध्ये एक हुा (मसागै मेची अञ्चलबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा आदरणीय दिलिप अधिकारी र मनोनित सदस्यमा धनराज सुब्बा पनि यसै जिल्लाबाट केन्द्रीय समितिमा संलग्न हुनुहुन्छ ।
म त निजी विद्यालयहरूका संस्थापक प्रिन्सीपलहरूलाई नै नेता मान्छु जस्ले मलाई यी सबै समस्याहरूबाट परिचित गराउनु हुन्छ, र निराकरणका निम्ति संघर्षरत् रहन प्रेरणा दिनुहुन्छ । उहााहरूकै सल्लाह, सुझावबाट आफ्नो भूमिका स्थापित गर्न सकेको छु ।
सर्वप्रथमत: म केन्द्रीय सदस्यका हैसियतले आम निजी शिक्षा क्षेत्रमा देखिएका मुद्दाहरूलाई केन्द्रीय समितिमा जोड्दार उठान गर्नेछु । केन्द्रले लागु गरेका नीति तथा निर्देशनहरूलाई सतहसम्म ल्याउने र कार्यान्वयनमा जोड दिनेछु । विद्यालयहरूमा पर्न जाने दिनानुदिनका समस्याहरूमा अग्रपंक्तिमा उभिई हलका निम्ति प्रयत्नरत् रहनेछु ।
साथै नेशनल प्याब्सनकै समानान्तर रूपमा शैक्षिक मुद्दाहरूलाई लिई अघि बढ्ने प्याब्सन, अभिभावक संघ, संगठन, विद्यार्थी, शिक्षक संघ, संगठनहरू लगायत सबै सरोकारबालाहरूसाग समन्वयकारी भूमिका निर्वाह गर्नेछु भने जिल्लास्थित शिक्षा कार्यालयका गतिविधि, निर्देशन तथा नियमनप्रति मेरो सदैव आलोचनात्मक समर्थन रहने प्रष्ट पार्न चाहान्छु ।
अन्त्यमा, केही छ की ?
– सर्वप्रथम तपाईंलाई धन्यवाद । निजी विद्यालयहरूका शैक्षिक मुद्दाहरूलाई जनमानसमा पुर्‍याउन अवसर दिनुभएको प्रति । हामीलाई हरेक क्षेत्रबाट उपेक्षा गरिएको भनी रहादा तपाईहरू सञ्चारकर्मीबाट पनि अलिक कञ्जुस्याई भएको हो कि ? निजी विद्यालयहरूबाट भए गरेका राम्रा कामहरू पनि सञ्चार माध्यमहरूको खबर सामग्री बन्न सकोस् आगामी दिनहरूमा, शुभकामना छ ।
प्रस्तुति : एकराज गिरीDharma Raj Majhi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here