फूलबारी हेर्न बासु निमावि जानू

१३ असार २०७१, शुक्रबार मा प्रकाशित

एकराज गिरी
आकर्षक फूलबारी । फूलबारीमा रंगीविरंगी फूलेका फूलहरु । बाह्रै मास कुनै न कुनै फूलहरु फूलेको देख्न पाइन्छ । फूलबारी छेउमै मौसम घडी । प्रत्येकको उचाइ र तौल नाप्नको लागि उपकरणको व्यवस्था । विहान प्रार्थना समयमै सामुहिक रुपमा जन्मदिन मनाउने चलन । यो बाहिर देखिने बातावरणको कुरा भयो । भित्र बालमैत्री फर्निचरका साथ गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई उत्साह थप्न र आकर्षित गर्ने धेरै टिप्सहरुको प्रयोग । यस्तै छ दुहागढी–७ को बालसुवोधिनी निम्न माध्यमिक विद्यालय ।
बाल सुवोधिनीमा अहिले विभिन्न क्षेत्रबाट अध्ययन अवलोकनका लागि सरोकारवालाहरु पुग्ने गरेका छन् । झापाको नमूना मध्येको विद्यालय बालसुवोधिनी पछिल्लो समय आकर्षणको केन्द्र बन्दैछ । अझ सार्वजनिक समारोहमै झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले भन्ने गरेको सुनिन्छ– ‘फूलबारी हेर्न बासु जानू ।’ दर्जनौं प्रजातिका फूलले विद्यालयको शोभामाच बढाएको छैन मनै आनन्दित बनाउने बासुका शिक्षक ,विद्यार्थी बताउछन् ।क फूलबारीको स्याहार प्रधानाध्यापकको अगुवाईमा सबै शिक्षक,कर्मचारी तथा विद्यार्थीले गर्दा रहेछन् ।
यसअघि बालमैत्री कक्षा हेर्न बासु जानू भन्ने सरोकारवालाहरुको अभिव्यक्ति निक्कै चर्चित बनेको थियो । त्यसले बासुबाट धेरैले सिके र बासुलाई पनि धेरैले सिकाए । त्यसैको परिणाम आज वासु निमावि जिल्ला र राष्ट्रिय तहमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत नमूनाको रुपमा पहिचान बनाएको विद्यालय बन्दैछ । यस बर्ष यूनेस्कोले देशभरबाट छनौट गरेका उत्कृष्ट १६ विद्यालयमा बासु निमावि पनि परेको छ । त्यसो त नमूना बालविकास केन्द्रको रुपमा जिल्लामै प्रथम भइ पुरस्कृत भएको छ वासु निमावि ।
विद्यालयमा बाल क्लब निक्कै सक्रिय छ । प्रत्येक दिनको मौसम अनुसार बाल क्लबले मौसम जनित घडीको सुइरो घुमाउाछ । बाल क्लबकै अगुवाइमा प्रार्थना समयमा जन्मदिन परेका विद्यार्थीलाई अगाडि बोलाइ माला पहिर्‍याइ दिएर मिठाइ खुवाइ सामुहिक रुपमा भनिन्छ – ‘हेप्पी बर्थ डे टु यू ।’
प्रत्येका कक्षा कोठामा जान्ने र नजान्ने विद्यार्थीहरुलाई मिलाएर मितेरी बसाइको अवधारणा अघि सारिएको छ । यसो गर्दा जान्नेको छेउमा बस्ने कम जान्ने विद्यार्थी पनि जान्न उत्सुक हुनुका साथै उसले पढाइमा उल्लेख्य प्रगति गरेको पाइएको प्रधानाध्यापक विश्व थापा बताउछन् । विद्यालयमा अर्को एउटा नया चलन रहेछ । अन्य स्कूलमा जस्तो त्यहाका विद्यार्थी कक्षा शिक्षकले हाजिरी गर्दा एस सर, एस मिस (हजुर सर, हजुर मिस) भन्दैनन् उनीहरु त अंक भन्छन् । कस्तो अंक भन्ने कौतुहलता पहिलो चोटी सुन्ने सबैमा जाग्न सक्छ । अंक रहेछ त्यो विद्यार्थी त्यो महिना विद्यालय गएको दिन । मानौं महिनामा दश दिन विद्यालय गएको विद्यार्थीले हाजिरीमा नाम बोलाउादा दश सर, दश मिस भन्दा रहेछन् । ‘यस्तो चलनले विद्यार्थीलाई आफू कति दिन विद्यालय गइयो भन्ने कुरामा अपडेट हुन्छ उसको विद्यालय गएको दिन अरुलाई पनि जानकारी हुन्छ’– प्रधानाध्यापक थापा भन्छन्– ‘थोरै दिन आउने विद्यार्थीलाई समेत विद्यालय नछोड्न र धेरै दिन आउन प्रोत्साहित गर्दछ ।’ त्यसरी प्रत्येक कक्षामा महिनामा सबैभन्दा बढी विद्यालय आउने विद्यार्थीलाई पुरस्कृत नै गरिदोरहेछ ।
समसामयिक विषय तथा बाहिरी ज्ञान बढाउन बासु निमाविमा बाल क्लब निक्कै सक्रिय छ । त्यहा प्रार्थना समयमा क्वीच नै गर्ने चलन रहेको छ । हरेक दिन बाल क्लबका पदाधिकारीले विद्यार्थीलाई एउटा प्रश्न सोध्छन् – तत्काल सही जवाफ दिनेलाई पुरस्कृत गर्ने गरिएको छ । त्यसपछि शिक्षकबाट पनि त्यसरी नै प्रश्न सोधिन्छ, तत्कालै सही उत्तर दिनेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
११ जना शिक्षक कर्मचारी रहेको बासु निमाविमा तीन सय विद्यार्थी रहेका छन् । कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । विद्यालयको बाल कक्षा अत्यन्त आकर्षक छ जसका कारण साना बालबालिका विद्यालय करले होइन हासी–हासी रहरले पुग्ने गरेको बासु निमाविका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक लोकराज ढकालको अनुभव छ । रेडक्रस झापाका सभापतिसमेत रहेका ढकाल भन्छन् –‘बासु निमाविले छोटो समयमा गरेको प्रगति स्तुत्य र अरुका लागि समेत अनुकरणीय छ ।’

yekrajgiri@gmail.com

98426341611 2

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here