संगीतको भन्दा आनन्द अर्को केहीमा छैन

0
3366

 

DSC_0941
[डिल्लीराम घोर्साई]
परापूर्व कालमा शिकारीहरु जंगलमा शिकार खेल्न जादा कुकुरको घाँटीमा घण्टी झुन्डाएर कुकुरलाई पनि साथमै लिएर जान्थेँ अरे । ताकि कुकुरको घाँटीमा झुन्डाएको घण्टीको सुमधुर आवाजमा मृगहरु नजिक आउन र शिकार गर्न सजिलो होस् । आज पनि हामीले देखेका छौँ, सपेराले बजाउने धुनहरुमा विशालु सर्प लट्ठिएर धुनमग्न भएर त्यसैमा हराएको । यसबाट नै प्रष्ट हुन्छ कि संगित मानिसलाई मात्र हैन प्राणी जगतलाई नै मन पर्छ । त्यसै कारण हामी भन्न सक्छौँ कि संगीत प्राणी जगतको सर्वोत्तम कला हो । श्रष्टा र बिद्ध्वनले भन्ने गरेका छन् संगितको न भाषा हुन्छ, न सिमा र परिधि हुन्छ । साँचै सिमा, परिधि र भाषामा बाधिन नचाहने एक मात्र कला संगीत कला हो । यि सबैको बन्धनबाट किन टाढा छ त संगित ? संगीत किन सबै प्राणी जगतलाई नै मन पर्छ त ? किनकी संगीत कला भावनात्मक कला हो, संगित कला मन भित्रको कला हो । संगीतले हृदयलाई झन्कृत पार्छ, छुन्छ, माधुर्यता प्रदान गर्छ, मनलाई मत्रमुग्ध बनाउछ । त्यसैकारण संगीत हामी मन पराउँछौ, संगीत हामीलाई मन पर्छ ।
संसारमा सायदै अन्य बस्तु होला संगीत जस्तो आनन्द दिने । किन भने संगीतमा जुन किसिमको आनन्द आउछ त्यस्तो आनन्द अत्य बस्तुले दिननै सक्दैन भन्दा अतियुक्ती नहोला । संगीतले मन छुन्छ र नै आनन्द आउँछ, संगितले भावना बोल्छ, संगीतमा हृदय स्पर्शीताको क्षमता हुन्छ र नै आनन्द आउछ । एक छिन आँखा चिम्लीएर अनुभुत गरे मात्र पनि पुग्छ  संगितको आनन्दको बारेमा, जुन बयान भन्दा अझ धेरै माथि छ । संगीतलाई जिवन जिउने आधार भन्दा भनि फरक पदैन् । किन कि संगित जिवन भोगाईका हरेक उकाली ओरालीहरुमा गुञ्जी रहेका छन् र गुञ्जी पनि रहने छन् । जिवनका पाटा पाटामा, सुख र दुःखमा, हाँसो र रोदनमा, प्रत्येक समय र पाईला बिभिन्न लय भएर गुञ्जीएका छन् संगीत । प्रत्येक प्राणीले जिबनमा जानेर होस अथवा नजानेर संगितको उपयोग गरिहेको हुन्छ । प्राणीले संगितलाई उपयोग मात्रै गर्दैन त्यसबाट उसले लाभ समेत प्राप्त गरेको हुन्छ । सुखमा सुन्छ संगित, दुःखमा सुन्छ संगित, पिडा, ब्यथा र दुखाईमा सुन्छ संगित, हाँसो, उत्साहा, उमंगमा सुन्छ संगित र नै उसले ति भोगाईको यथार्थमा अफुलाई परिमार्जन गर्छ र त्यसबाट आप्mनो भगाईलाई सरल र सहज बनाउछ । त्यसै कारण संगितलाई प्राणी जगतले उपयोग गर्छ र  लाभ प्राप्त गर्छ ।

आज संसारका उत्कृष्ट श्रष्टाहरुलाई सोधियो भने संगितको परिचय, संगितको परिभाषाको उत्तर एउटौ आउदैन् । श्रष्टा र श्रष्टाको मन अनुसार फरक बिचार र धार आउछ । श्रष्टाको कुरालाई अलि पर राखौँ प्रत्येक ब्यक्ति र मनै पिच्छे फरक छ बिचार र परिभाषा, संगितको बिषयमा । त्यसैकारण पनि भन्न सकिन्छ संगितको परिचय दिन, संगितलाई परिभाषा लगाउन कठिन छ । के भनेर लगाउने संगितको परिभाषा ? के हो त संगित ? संगितलाई के भन्न सकिन्छ ? अखिर यति धेरै प्रश्नको जवाफ सरल र बैज्ञानिक तरिकाको नभए पनि पक्कै छ । जसले जे परिभाषा संगितलाई लगाएता पनि संगित एक सर्वभौम कला हो । संगितलाई भरिभाषा र परिधि भित्र बाधिनु हुँदैन । यसको आकार र परिधि अनि परिभाषा विशाल र बृहत छ जुन कुनै ब्यक्तिको परिभाषा भित्र अटाउँदैन् । जसरी संगित संसारको एउटै भाषा हो भनिएको छ, संसारले बुभ्mने भाषा भावनात्क कला भनिएको छ । त्यसरि नै यसको आकार र परिधि बिशाल बिशाल छ । यो एक रङ्ग होईन् दुई रङ्ग पनि होईन्, रङ्गै रङ्ग भएर रङ्गहिन भएको छ । जस्तै सुर्यको प्रकाशमा रङ्ग लुकेर रहेका छन् ।
प्राणीलाई संगित मन पर्छ किन त ? किन कि प्राणीको मन भित्र पनि एक किसिमको संगित पैदा भएर तरङ्गीत भईरहेको हुन्छ । खास गरि मानिसको प्रत्येक समयको अनुभुतले मनमा त्यस्तै किसिम, प्रकारको संगित पैदा भईरहको हुन्छ । दुःख, सुख, हाँसो, आँसु सवै किसिमको संवेग तथा परिस्थीतिमा त्यसैमा मेल खाने संगितको झन्कार मनमा भंmकृति भईरहेको हुन्छ । त्यसै समयमा मन भित्रको धुनसंग मिल्दो जुल्दो बाहिरि संगीत सुन्न पाईयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसंग संगीतले हृदयमा छाप छोड्छ । त्यहि बाहिरी संगीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगि सावित हुन्छ र नै संगीतको महत्व बढेको छ । त्यसैले मानिसले अञ्जानमा पनि संगितको प्रयोग गरिरहेको छ । त्यसैले संगीत भावना हो, मन भित्रको लय, माधुर्यता हो ।
संगीतलाई श्रवण गरिरहेको समयमा प्राणीलाई आनन्द आउछ, हृदय प्रफुल्लीत भईरहेको हुन्छ । किनकी त्यो समयमा भित्रि इन्द्रीयले काम गरिरहेको हुन्छ, हामीले थाहा पाउँने ईन्द्रीय भन्दा फरक ईन्द्रयले । त्यसैकारण देख्दा, स्पर्श गर्दा, सुन्दा, सुँघ्दा र स्वाद दिँदा भन्दा संगितको अनुभुतिपुर्ण कलाले छुट्टै आनन्द प्रदान गर्छ । आज पनि बाँसुरीको धुन सुनियो भने चित्त थाम्न सकिदैन् मनले त्यसै वाँसुरीको धुनमा आफुलाई समर्पित गर्छ । झरझर झर्ने झरनाको आवजमा मन रमाउछ किन ? मनको संगीत त्यसैमा पाईन्छ र नै हो । एउटा कविता पनि लय हालेर वाचन गरियो भने त्यसले माधुर्यता प्रदान गरिरहेको हुन्छ, मनलाई स्पर्श गरिरहेको हुन्छ । त्यसैले बाँसुरीमा छ संगित, झरनामा छ संगीत, चराको चिरविर आवाजमा, बन जंगलका सुस्केराहरुमा, खोला र नालामा, बतास र सुन्यतामा, आँधी–बेहरी भएको संगीतले दिने आनन्द अन्य धेरै गुणा बढि र उत्तम छ । त्यसैले भन्न सकिन्छ, संगीतको भन्दा आनन्द अर्को केहिमा छैन् ।

      लेखक कचनजंघा एफएमका समाचार वाचक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here