भीरबाट लडेर महिलाको मृत्यु

0
546

ओखलढुंगा ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकि छन् ।

गुठी पाताल जंगलबाट घाँस काटेर घर तर्फ फर्कदै गर्दा भीरबाट लडेर घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here