बिराटनगर।

सुनसरी र मोरङको छुट्टा–छुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोकमार्गमा को २०प ९८९६ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बिराटनगर–१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगरस्थित बिराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङको जहदा गाउँपालिका–६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को ३५प ३४०५ नम्वरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर–१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।
दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































