पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आर्थिक रूपले विपन्न एकल महिलाहरुलाई दाउरा बालेर खाना पकाउने फलामे चुल्हो प्रदान गरिएको छ ।
आज पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ६ र ८ का ९ विपन्न परिवारलाई वितरण गरिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको पहलमा वडा नं- ६ का ४ परिवारलाई दाउरा बालेर खाना पकाउने फलामे बायोमास चुल्हो वितरण गरिएको थियो।
उक्त अवसरमा वडा सदस्य जीवच्छ राई (जीवन), समाजसेवीहरु लालबहादुर (एलबी) भण्डारी, गंगा धिमाल सहितले उपस्थिति रहेको थियो ।
त्यस्तै, उपप्रमुख वास्तोलाले वडा नं -८ का समाजसेवी नारायण पाण्डे, प्रकाशबहादुर कार्की, नवीनजंग कार्की, रमेशकुमार कटुवाल सहितको सहभागितामा ५ विपन्न परिवारलाई चुल्हो वितरण गरिएको छ ।