वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको संयोजकमा देवी

0
579

बिर्तामोड ।

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको संयोजकमा देवी भण्डारी चयन भएकी छन्।

पूर्व अध्यक्ष क्लबको आज बसेको बैठकले आगामी एक वर्षे कार्यकालका लागि २००७ कि अध्यक्ष भण्डारीलाई संयोजक चयन गरेको हो। यसैगरी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य सचिव र अन्य सम्पूर्ण पूर्व अध्यक्ष हरु सदस्य रहने र वीरता लेडी जेसीज की एकमात्र आजीवन सदस्य शिला ढकाल पदेन सदस्य रहने बैठक ले निर्णय गरेको छ।

अध्यक्षियक्रम अनुसार क्रमैसंग पूर्व अध्यक्षहरु पालैपालो संयोजक रहने र निवर्तमान अध्यक्ष सचिव रहने निर्णय पनि बैठकले गरेको छ। सन् २००४ मा स्थापना भएको वीरता लेडी जेसीजमा हालसम्म संस्थापक अध्यक्ष सहित १६ जना पूर्व अध्यहरु रहेका छन् ।

पूर्व अध्यक्षहरुलाई अझ सक्रिय बनाउँदै अन्य रचनात्मक कार्यक्रमहरु गर्ने,वर्तमान कार्यसमिति लाई सुझाव सल्लाह र सहयोग गर्ने उद्देश्यले संस्थागत हितको लागि पूर्व अध्यक्ष क्लव को पुनस्गठन गरिएको निवर्तमान अध्यक्ष आचार्यले बताइन् । यस अघि सन् २०१७ मा संस्थापक अध्यक्ष शारदा रिजाल संयोजकत्वमा पूर्व अध्यक्ष क्लब गठन भएको २०१७ की अध्यक्ष नैनकला भट्टराईले जानकारी दिइन् ।

यसैबीच ,पूर्व अध्यक्ष क्लबको आयोजनामा नारी दिवसको अवसरमा गत वर्ष देखि सुरुवात गरिएकोू उत्कृस्ट नारी सम्मानूयो वर्ष यही फागुन २३ गते सोमबार गरिने भएको छ। यो वर्ष ूशिक्षाूविधा छनोट गरिएको छ। शिक्षासेवी जयनारायण ढुंगानाको संयोजकत्वमा मेची क्याम्पस पूर्व क्याम्पस प्रमुख टिका प्याकुरेल र नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल सदस्य रहने गरी तीन सदस्यिय छनोट समिति निर्माण गरिएको छ।

पूर्व अध्यक्ष क्लबको आयोजना र झापाका सम्पूर्ण महिला संघ संस्थाको संयोजन रहने गरी साझा कार्यक्रमको रुपमा गत वर्षबाट शुरु गरिएको अध्यक्ष संगीता चिमरियाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here