घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

0
462

दमौली, 

तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् ।

ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको रु ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ ।

“वर्षौदेखि कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासीको घरमै धारा जडान गर्न सफल भएका छौ,” उहाँले भन्नुभयो, “पानीको जोहोका लागि गर्नुपर्ने दुःख कष्ट हटेको छ ।” उहाँका अनुसार घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घन्टांै हिँडेर खानेपानीको जोहो गर्थे । खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको उहाँले बताउनुभयो ।

घरघरै खानेपानी सुविधा पुगेपछि स्थानीयवासीको जीवनस्तर पनि फेरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । “खानेपानीको सुविधालाई अव आयआर्जनको बाटोतर्फ जोड्नुपर्छ, करेसाबारीमा तरकारी खेती पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पु¥याइने उहाँले बताउनुभयो । “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,” उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here