कृषकहरुलाई व्यावसायिक बनाउन अर्जुनधारामा तालिम

0
418

अर्जुनधारा । 

स्थानीयस्तरमा रहेका कृषकहरुलाई व्यावसायिक बनाउँदै उनीहरुको आर्थिक जीवनस्तर सुधार गर्ने उद्देश्यले झापाको अर्जुनधारामा दुई दिवसीय व्यावसायिक गाई भैंसी पालन तालिम मंगलबारदेखि सुरु भएको छ ।

नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा र स्थानीय परिश्रमी मिश्रित कृषक समूहको संयुक्त आयोजनामा अर्जुनधारा–१०स्थित पञ्चकन्या धाम सेवा समितिको सभाहलमा आयोजित उक्त तालिमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

शाखा प्रमुख पदमलाल राई र पशु सेवा प्राविद्यिक बेनुपकुमार बस्नेतले सहजिकरण गर्ने तालिममा ७० जना बढी कृषकको सहभागिता रहेको बताइएको छ । तालिममा गोठ व्यवस्थापन, आहारा व्यवस्थापन, परजिवी नियन्त्रण, पशुमा लाग्ने रोग तथा खोप, नश्ल सुधारलगायतका विषयमा जानकारी गराइने पशु सेवा प्राविद्यिक बस्नेतले जानकारी दिए ।

समूहकी अध्यक्ष सीतादेवी रिजाल घिमिरेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, अर्जुनधारा–११ वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, आर्थिक उपसमितिकी संयोजक दिलमाया दास, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समूहका सहसचिव देवेन्द्र तिवारीले संस्थाको वर्तमान अवस्था बारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गंगाप्रसाद रिजालले व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समूहकी सचिव चन्द्रकला निरौला भण्डारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here