शिव पञ्चायन मन्दिरमा बृद्धबृद्धालाई सम्मान

0
450

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको शिव पञ्चायन मन्दिरमा महाशिवरात्रिको अवसरमा बृद्धबृद्धालाई सम्मान गरिएको छ ।

मन्दिरले बिर्तामोड–७ स्थित देवनीयाधाममा मंगलबार शिवरात्रिको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ७३ जना बृद्धबृद्धालाई सम्मान गरेको हो ।

जेष्ठ सदस्य ९५ बर्षिय सरमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी दुर्गाप्रसाद उप्रेती र भिष्म न्यौपानेले जेष्ठ नागरिकका जीवन भोगाईको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा भजन तथा किर्तनका साथै बृद्धबृद्धालाई खिर र प्रसादसमेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर सञ्चालन समितिका सचिव नविन भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here