सडक दुर्घटनामा ५ घाइते

0
314

इलाम,  भदौ  १५ ।  मेची राजमार्ग अन्तरगत इलामको रक्सेमा भएको सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
फिदिमतर्पm जाँदै गरेको बा२ख २५१ नम्बरको ट्रक र विपरित दिशाबाट यात्रु बोकेर आइरहेको मे १ ज १५६५ नम्बरको ट्याक्सी  एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार पाँचजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते हुनेमा पाँचथर फिदिमका तेजप्रसाद पुर्खकोटि, झाँपा खुदुनावारीका कमला विष्ट, झापा शनिस्चरेका तेजेन्द्र योङ्हाङ, शनिस्चरेकै लमु योङ्हाङ र भारत मोतीयारीका चोखन धुनिया रहेको इलाम प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएपछि राजमार्ग अवरुद्ध भएको थियो, अवरुद्ध राजमार्ग ३ घण्टा पछि सुचारु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here