आमा तिमी मेरो भगवान
जन्म दियौ मलाई
तिमीले नै यो सुन्दर धरतीमा
मीठो वचन बोल्न सिकायौ मलाई
यो संसारमा बाँच्न सिकायौ तिमीले
सबैका लागि राम्रो हुन सिकायौ
यो संसारमा राम्रो काम गर्न सिकायौ
तिमीले शिक्षा दियौ मलाई
हिड्न सिकायौ तिमीले मलाई
माया दियौ मलाई हेरचाह ग¥यौ
दुःख नदिई जतनले हुर्कायौ मलाई
तिमी मेरी भगवान
तिमी सबभन्दा ठूली हौ
आमा तिमी मेरी भगवान
म तिमीलाई माया गर्छु
म तिमीलाई सधैं सम्मान गर्छु ।
गरिमा खरेल
– कक्षा–४
झापा मेरिगोल्ड अंग्रेजी मा.वि.
कनकाई नगरपालिका–४,सुरुङ्गा