सुरुङ्गा, भदौ १९ । मुटु रोगबाट पीडित भई काठमाण्डौंमा मुटुको शल्यक्रिया गरिएका कनकाई–६, चम्पापुरका देवबहादुर तामाङका लागि सहयोग उठ्ने क्रम जारी छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका तामाङको परिवार सबै दयालु महानुभावसँग सहयोगका लागि अपिल गरेकोमा सहयोग जुट्ने क्रम बढेको हो ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा बीबीएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीय तामाङलाई बचाउन सो क्याम्पसका विद्यार्थीहरु सहयोग जुटाउन लागिपरेका छन् । यस क्रममा विद्यार्थीहरुले ६० हजार २ सय ७३ रुपैयाँ रकम संकलन गरी तामाङको परिवारलाई हस्तान्तरण गरेको देवबहादुर तामाङ बचाऊ अभियानका सक्रिय सदस्य भुवन भित्रीकोटीले जानकारी दिए । तामाङको शल्यक्रिया लगायतको लागि ५ लाख बढी रुपैयाँको खाँचो रहेकाले सहयोग संकलनलाई तीब्र बनाइएको छ भने सो अभियानमा रोहित खवास, अशोक पाठक, रेवत भट्टराई लगायतका विद्यार्थीहरु लागिपरेका छन् ।