भट्टराई प्रतिष्ठानको अध्यक्षमा लक्ष्मीप्रसाद

0
608

बिर्तामोड, भदौ १९ । भट्टराई कुल वंश प्रतिष्ठान झापाको दोस्रो जिल्ला अधिवेशनले लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । प्रतिष्ठानको बिर्तामोडमा सम्पन्न अधिवेशनले आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्दै नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

purwanchal प्रतिष्ठानका २३ शाखाका पाँचसय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको अधिवेशनले उपाध्यक्ष केशवप्रसाद भट्टराई, सचिव धर्मेन्द्र भट्टराई, सह–सचिव शशि भट्टराई र कोषाध्यक्ष गणेशकुमार भट्टराईलाई निर्वाचित गरेका छ । त्यसैगरी सदस्यहरुमा गंगाप्रसाद भट्टराई(बोझे), राजेन्द्र भट्टराई, कृष्णप्रसाद भट्टराई, ओमप्रकाश भट्टराई, बालकृष्ण भट्टराई, तुलसीप्रसाद भट्टराई, खिवराज भट्टराई, नन्दीकेशर भट्टराई, गोमा भट्टराई, हरिप्रसाद भट्टराई, शोभा भट्टराई, गणेश भट्टराई, चेतराज भट्टराई, गोपिकृष्ण भट्टराई, दुर्गादेवी भट्टराई र पे्रमकुमारी भट्टराई रहेका छन् । अधिवेशनामा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादूर भट्टराई र बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले बरिष्ठ साहित्यकार डाक्टर तुलसी भट्टराई र नेत्रहिन संघ झापाका अध्यक्ष द्रोणाचार्य निरौलालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । यसैगरी प्रतिष्ठानले झापाका शाखामध्ये चन्द्रगढी–भद्रपुरलाई उत्कृष्ठ शाखाको रुपमा सम्मान गरिएको थियो । अधिवेशनको उदघाटन समारोहमा केन्द्रीय अध्यक्ष शेरबहादूर भट्टराई, सल्लाहकार संयोजक चन्द्रप्रसाद भट्टराई, सम्मानित व्यक्तित्व डा. तुलसी भट्टराई, द्रोणाचार्य निरौला, गौ संरक्षण मञ्चका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, प्रतिष्ठाका इलाम अध्यक्ष गणेशकुमार भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा गीत, नृत्य लगायतका सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका झापा अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद भट्टराईले स्वागत, सचिव धर्मेन्द्र भट्टराई र धनपति भट्टराईले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here