मनिषाले गरिन जीवन बचाउन आग्रह

0
481

 शिवगञ्ज ,भदौ १९ । दुवै मृगौला काम नलाग्ने भएर जीवन मरणको दोसाँधमा पुगेकी झापा शिवगञ्जकी एक युवतीले आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेकी छिन् । शिवगञ्ज वहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्रा मनिषा लम्सालले आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि सबैसँग आग्रह गरेकी हुन् ।
मृगौला फेर्न लाखौं रुपैयाँ लाग्ने र आफूहरुसँग सो रकम नभएको मनिषाको परिवारले जनाएको छ । पढाईमा लगनशिल तथा मिलनसार स्वभावकी मनिषा एक्कासी मृगौला सम्वन्धी रोगले थलिएपछि उनका साथीहरु यतिबेला उपचार खर्च जुटाउन प्रयासरत छन् ।
मनिषाको उपचारको लागि जन आदर्श भूपू विद्याथी सम्पर्क मञ्चले पनि पहल सुरु गरेको छ । मञ्चका संस्थापक सचिव रामप्रसाद ढुंगेलले युएईबाट दिएको जानकारी अनुसार त्यहाँ रहेका प्रत्येक भूपू विद्यार्थीबाट एक सय डीएचएस ९नेपाली २६ सय ५० रुपैयाँ० संकलन गरेर पठाउने प्रयास भईरहेको छ ।
मनिषाको जीवन रक्षाका लागि विद्यालयका शिक्षक–शिक्षका, विद्यार्थी तथा स्थानीय समाजसेवीहरुले समेत सहयोग गर्न थालेका छन् । जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्चले पनि उनको जीवन रक्षाका रकम संकलन तीब्र पारेको छ । सहयोग गर्न ईच्छुकले मञ्चका पूर्व सचिव चिरञ्जिवी तिम्सिनाको मोवाईल नम्वर ९८४२६३३२२६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here