सुरुङ्गा, भदौ २१ । पैसाको आडमा धर्म परिवर्तनको काम रोकिनुपर्ने एक धार्मिक सभाका वक्ताहरुले माग गरेका छन् । कनकाई वैदिक सनातन कर्मकाण्ड संरक्षण समिति झापाको आयोजनामा सुरुङ्गामा भएको कार्यक्रममा हिन्दू सनातन धर्मको विरुद्धमा षडयन्त्र भएकाले धर्मरक्षाका लागि सबै ॐकार परिवारका सबै पथगामी लाग्नुपर्नेमा जोड दिइएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि गौ वंश संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष आचार्य लक्ष्मीप्रसा
द खतिवडाले शिवलिङ्ग फुटाउने र गाईलाई नभएर कुकुरलाई राष्ट्रिय जनावर मानी संविधान लेखिनुपर्ने सम्मका माग संविधानसभामा उठ्नु हिन्दूमार्गीहरुको लागि चुनौति भएकाले एकताबद्ध रुपमा मुकाबिला गर्नुपर्ने बताए । संविधानमा नेपाललाई हिन्दू राष्ट्र लेख्न उनले माग गरे । धर्मको विषयलाई संशोधनीय भनेर संविधानको प्रस्तावनामा लेख्नु भनेको दीर्घकालसम्म नेपालमा कलहको वीजारोपण गर्नु हो भन्ने उनको मत थियो । उक्त कार्यक्रममा विशिष्ट आचार्य छन्दुराम भण्डारीले गुरुपुरोहितहरु संगठित हुनु अति जरुरी भएको र कनकाईधाम कोटिहोममा रहेको गुरुकुललाई संरक्षण गर्न सबैलाई अनुरोध गरे । पण्डित देवनारायण निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कोमल पन्त, विष्णुप्रसाद दाहाल, आचार्य यामप्रसाद खतिवडा, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, विदुषी वृन्दा निरौला, त्रिलोचन भट्टराई लगायतले मन्तव्य राखेका थिए । ख्यामराज अधिकारीको स्वागत रहेको कार्यक्रममा सुरेश खरेल, ज्योति उप्रेती, धर्मानन्द निरौला, लक्ष्मी विनोद दाहाल, कवि प्रसाई, राजकुमार कट्टेल लगायतको आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा देवनारायण निरौला अध्यक्ष रहेको १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष द्वयमा ख्यामराज अधिकारी र यामप्रसाद खतिवडा, सचिवमा गोविन्द प्रसाद निरौला, सहसचिवमा युवराज नेपाल र कोषाध्यक्षमा गुणसागर खतिवडा चयन भएका छन् । सदस्यहरुमा रामप्रसाद निरौला, टंक अधिकारी, मातृका भट्टराई, वृन्दा बराल, टंकमणि काफ्ले, भानुभक्त गौतम र सीताराम घिमिरे रहेका छन् । २ सदस्यहरु पछि थप गर्ने तय भएको छ । समितिको सल्लाहकारमा कोमलप्रसाद पोखरेल, डा. पुण्यप्रसाद सिग्देल, जीवनाथ सुवेदी, रघुनाथ भट्टराई र टीकाराम निरौलालाई चयन गरिएको छ भने संरक्षकमा लक्ष्मीप्रसाद खतिवडा, छन्दुराम भण्डारी र विष्णुप्रसाद दाहाललाई जिम्मेवारी दिएको छ ।