एमाले इलाममा अन्तुष्टी : नगर कमिटी पदाधिकारीको सामूहिक राजीनामा

0
686

इलाम, 

उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले इलामको पार्टी कार्यालयमा तालाबन्दी र राजीनामा दिएका छन्।

पार्टीबाट नगर प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेदवारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटीका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन्।

जनाधार नभएको भट्टराईलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजीनामा दिएको जनाइएको छ। जित्ने उम्मेदवारलाई षडयन्त्रपूर्वक पाखा लगाउने काम भएको भन्दै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको छ।

नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो। जिल्ला कमिटीले धिरेन चेम्जोङको नाम एक नम्बर प्राथमिकताको क्रममा राखेर सिफारिस गरिएको थियो। दुई नम्बरमा कृष्ण श्रेष्ठको र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिएको एमाले इलामले जनाएको छ।

नगरमा चेम्जोङको माहौल भएको र जिल्ला कमिटीले पनि १ नम्बर प्राथमिकताको क्रम तोकेर पठाए पनि ३ नम्बरमा रहेको भट्टराईको नाम सिफारिस भएकाले नगर कमिटीले सामूहिक राजीनामा दिएको जनाइएको छ।

नगर कमिटीसँगै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल इलामका अध्यक्ष चन्द्र पाठक, रिटर्नी फेडेरेशन नेपाल इलामका अध्यक्ष हेमन्त आचार्यले समेत असन्तुष्टि ब्यक्त गर्दै राजीनामा दिएका छन्।-थाहाखबरबाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here