‘श्रमजीवी वर्गको हकहितका लागि कांग्रेस इमान्दारीपूर्वक क्रियाशील’

0
697

विर्तामोड।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको हकहितका लागि नेपाली कांग्रेस पार्टी इमान्दारीपूर्वक क्रियाशील रहेको बताउनुभएको छ ।

एकसय ३३ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको उपलक्षमा नेपाल ट्रेड युनियन कांग्रेस झापाद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले यस्तो धारणा राख्नुभएको हो ।

एमालेले मजदुर वर्गको हितभन्दा गरिबलाई झन् गरिव बनाएर शासन गर्न खोजिरहेको बताउँदै नेपाली कांग्रेसले गरिबलाई धनी बनाउने नीति लिएको हुँदा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल अध्यक्ष दिपक प्रधान, यातायात मजदुर संघ झापा जिल्ला अध्यिक्ष गान्धी भण्डारी, ट्रेड युनियन कांग्रेस झापा उपाध्यक्ष गंगाराम ओडारीलगायतले मजदुर वर्गले लोकतन्त्रको रक्षाका लागि चेतनशील भएर मतदान गर्न आग्रह गर्नुभयो ।

ट्रेड युनियनकर्मी जीवन खड्काले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन ट्रेड युनियन सचिव राजकुमारी शेर्पा राईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here