किरात धर्म प्रवर्तक: महागुरु फाल्गुनन्द

0
1599

किरात धर्मका दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ३० औं जन्मजयन्ती पुस २५ गते मनाइयो । पूर्वी नेपालको लिम्बुवानी समाजका सुधारक, लिम्बू जातिको बेद ‘मुन्धुम’ को संरक्षणकर्ता, ध्यानी, योगी तथा धार्मिक अगुवाका रुपमा मानिएको फाल्गुनन्दलाई स्मरण गर्दै पूजा, छलफल जस्ता विभिन्न धार्मिक र सामाजिक कार्यक्रम पूर्वी नेपालका विभिन्न ठाउामा गरिएका छन् । नेपालका सोह्रौं राष्ट्रिय विभूति फाल्गुनन्दले धार्मिक प्रचलन बनाउने काम गरेकाले नै उनलाई ‘महागुरु’ भनिएको हो । सादा जीवन बिताएका फाल्गुनन्दले लिम्बू समुदायमा संस्कार सुधार, आधुनिकीकरण, काटमार तथा मद्यपान हटाउन प्रयास गरेका थिए । विभिन्न ठाउामा पुगेर ध्यान गर्नुका साथै फाल्गुनन्दले विभिन्न चमत्कारपूर्ण काम गरेको कुरा उनका अनुयायी बताउाछन् । इलाममा जन्मिएका फाल्गुनन्दले आफ्नो कर्मभूमि पााचथरलाई बनाएका थिए । उनले सिलौटी र लोब्रेकुटी क्षेत्रमा जीवनको अधिकांश समय बिताएका थिए । भारतीय सैनिक बनेर युवाकालमा युद्ध पनि लडेका उनले युद्धबाट फर्किएर आएपछि ध्यानकर्ता तथा धार्मिक, सांस्कृतिक सुधारका काममा लागेका पाइन्छ । सरकारले २०३६ सालमा उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो । उनको तस्वीर अंकित हुलाक टिकट पनि प्रचलनमा छ । १९४२ कात्तिक २५ गते आइतवार इलाम जिल्लाको इभाङ गाविसस्थित चुक्चिलुम्बामा जन्मग्रहण गरेका फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर उनको कर्मक्षेत्र मानिएको पााचथरको कुरुम्बामा राष्ट्रियस्तरको कार्यक्रम गरिादैछ । कुनै जमानामा किरात समाज (खासगरी लिम्बू) मद्यपानमा चुर्लुम्म डुबेको थियो । समाज सााच्चै समाज हुनुबाट विमुख भएको अवस्था थियो– त्यसबेला । उनले त्यसलाई आमूल सुधारको आवश्यकता देखेर समाजमा चुम्लुङ(सभा) बसाएर दश बुादे मुचुल्का बनाए । जसलाई लिम्बू समुदायमा ‘सत्य धर्म मुचुल्का’ (समाज सुधारको दश बुादे घोषणा पत्र) भनिन्छ । मुचुल्का जारी भएपछि किरात समुदायको परम्परा मानिएको बलिप्रथा र मद्यपानको चलन क्रमश: हट्न थालेको हो । बलिपूजाको सट्टा फलफूल, नैबैद्य चलाउने अभियानमा लागेका उनको प्रयासबाट मुचुल्कामा उल्लेख भए अनुसार गाउा–गाउामा मन्दिर र पाठशाला बनाउने, लेखपढ सिकाउने, छोरा–छोरीलाई बराबरी व्यवहार गर्नु भनेर सामाजिक थिति बसाइएको हो । देव, पितृ, विवाह शुद्धाई गर्दा जीवन बली दिने प्रथा छाडी वेद, धुपवत्ती, सिन्दुर, फलफूलले गर्ने भनेका फाल्गुनन्दले छोरीचेलीको सोतरित खाने लिम्बू समुदायको चलन हटाएका थिए । उनैले मृत्यु र सुतक तीन दिन र मृत्युपछि किरियापुत्रीले मात्र ९ दिन बार्ने चलन बसाएका थिए । पशुवली त्यागेर मृतात्मालाई अदुवा, दुध, चामलको पिण्ड दिने चलन बसाउने समाज सुधारकका रुपमा परिचित राष्ट्रिय विभूति फाल्गुनन्दको निधन २००५ साल चैत २२ गते भएको थियो । स्वदेशमा कपासखेती गरी आफैले धागो कात्ने, बुन्ने चलन बनाइ स्वदेशी कपडा मात्र लाउनु, विदेशी कपडा कसैले नलाउनु भन्ने राष्ट्रवादी भावनाका धनी उनको मार्ग दर्शन र योगदानलाई हामी सबैले कदर गर्नै पर्दछ । महागुरुको जन्मजयन्तीको अवसरमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here