यातायातका साधनमा एक अर्ब लगानी

0
468

imagesg

पथरी, कात्तिक २५  । मोरङमा यातायातका साधनका क्षेत्रमा रु एक अर्बभन्दा बढी लगानी छ । अटोमोबाइल व्यवसायीले मोरङमा वार्षिक रु २० करोड राजस्व बुझाउँदै आएका छन् ।

पार्टपुर्जामा न्यूनतम कर घटाइए कारोबार अझ बढ्ने र सरकारलाई तिनुपर्ने राजस्व अझ बढ्ने अटोमोबाइल व्यवसायी बताउँछन् ।

हरिकृष्ण ढकाल, राजेश भट्टराई, सुवास आचार्यलगायतका युवाले करोडाँै रुपैयाँको लगानीमा मोरङमा दुई दर्जनको हाराहारीमा अटोमोबाइल व्यवसाय सञ्चालन गरिरहेका छन् ।

सरकारले चारचक्के गाडीमा २४० प्रतिशतसम्म कर लिने गरेको छ । भारतमा तीन लाख पर्ने कार नेपालमा रु १२ लाख तिर्नुपर्दा व्यवसायीसँगै सर्वसाधारणमाथि आर्थिक भार परेकाले गाडीलाई विलासिताको श्रेणीबाट सरकारले तत्काल हटाउनुपर्ने व्यवसायीको माग छ ।

व्यापार सङ्घका अध्यक्ष एवम् सभासद् पवनकुमार सारदाले गाडी, मोटरसाइकल, स्पेयरपार्टलगायतका सामग्रीमा लाग्ने महँगो करले अटोमोबाइलको व्यवसाय गर्नेहरू पलायन हुने अवस्थामा पुगेको व्यापारीको भनाइ छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here