सुरुङ्गा,मंसीर ५ । प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ भने २३ प्रहरी कारबाहीमा परेका छन् ।
इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिनुभएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई हबलदार र एक सिपाही निलम्बनमा परेका हुन् ।
पूर्वी नाका काँकडभिट्टामा सुपारी तस्करसँग साँठगाँठ गरी प्रहरीको छवि विगारेको जनाउँदै उनीहरूलाई कारबाही गरिएको बताइएको छ । रासस