सुरुङ्गा,मंसीर ५ । कनकाई नगरपालिका–४ इलुवाबारी तल्लो भेगका स्थानीयवासी पाँच दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् ।
थारूगाउँमा रहेको विद्युत्को ट्रान्सफर्मर पड्किएर विद्युत् सेवा अवरोध भएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् । विद्युत् अवरोध भएपछि त्यस क्षेत्रका २०० भन्दा बढी घरधुरीका स्थानीयवासी मारमा परेको बताइएको छ । ट्रान्सफर्मर मर्मतको माग गर्दै सो क्षेत्रका स्थानीयले विद्युत् प्रसारण शाखा कार्यालय सुरुङ्गालाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको स्थानीयवासी जीवन उप्रेतीले बताए ।
इलुवाबारीमा विद्युत् नहुँदा सबैभन्दा बढी विद्यार्थी मारमा परेको उप्रेतीको भनाइ छ । रासस