(पार्थ मण्डल)
भद्रपुर, मंसीर ४ । नेपालकै सबैभन्दा पूरानो नगरपालिकाको रुपमा परिचित भद्रपुर नगरपालिकामा रहेको एकमात्र भद्रपुर बजारक्षेत्र दिनप्रतिदिन अस्तव्यस्त बन्दै गइरहेको पाइएको छ ।
सर्वपक्षीय भेलाबाट भद्रपुर नगरपलिका कार्यालयमा यसअघि पटक पटक बजार क्षेत्रलाई सुधारन्मुख गर्न लिखित तथा मौखिक प्रयास गरेपनि राजनितिकदल, उद्योगी, व्यापारी तथा नगरबासीकै असहयोगले बजार क्षेत्र अस्तव्यस्त बन्दै गइरहेको पाइएको हो ।
वि.स २००८ सालमा स्थापना भएको भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको जग्गाहरु अन्य संघसस्थालाई हस्तान्तर गरिदिएपछि अहिले नगरपालिकासंग बजार व्यवस्थापन गर्न आफैसंग जग्गा छैन । नगरपालिकासंग जग्गा अभावले गर्दा अहिले साताको दुई दिन बुधवार र शनिवार लाग्ने हाटबजार तथा सवारीसाधन पाकिङ्ग सडकै बिचमा गर्नु परेको अवस्था छ । यो अवस्था विगत केही दशक देखि निरन्तर रुपमा चल्दै आएको छ । हाटबजार तथा सवारीसाधन पाकिङ्ग स्थल सडकमै गर्नु परेको अवस्था, साघुरो सडक त्यसमाथि व्यापारीहरुले सडकपेटी मिचेर पसलको होडिङ्ग बोर्ड राख्ने, टेण्ड निर्माण गरि पसल थाप्ने, पसलका सामानहरु जथाभावी सडक अगाडी राख्ने गरेकोले बजार क्षेत्र अस्तव्यस्त देखिन थालिएको छ ।
यस बिषयमा भद्रपुर नगरपालिका तथा सम्बन्धित निकायहरु जानकार रहदा रहदै पनि हाल सम्म कुनै चासो देखाएको छैन, झन व्यापारीहरुकै पक्षमा वकालत गर्दै बसेकोले अहिले बजारको हालत यस्तो अवस्थामा पुगेको स्वयम नगरबासीहरु नै बताउन पछि पदैनन् ।
नगरपालिकाले ‘पूर्वो क्षेत्रको व्यापारिक द्धार, शान्ती र समृद्धि सहितको भद्रपुर शहर’को नारा लगाएको करिब चार बर्ष बित्न लागेको छ । तर पनि सो नाराको सदुपयोग हुन सकेको छैन । कुनै समय थियो, भद्रपुर बजारमा झापाजिल्लाबासी नभएर सिमाक्षेत्रका भारतीय व्यापारीहरु पनि सरसामानहरु किनमेल गर्न आउने गर्थे । अहिले एक समय आएको छ, कि भद्रपुरबासी नै अन्य बजार धाउन बाध्य बनेका छन । जसले गर्दा व्यापार व्यवसाय खस्किदै गइरहेको छ । यहाँका व्यापारीहरु पलायन हुने अवस्था पनि सृजना भएको छ । यस्तो अवस्थामा भद्रपुर बजारलाई जोगाउने तथा सुधारउन्मुख गर्ने कहि कतैबाट प्रयास भएको देखिदैन । नगरपालिकाले बजारलाई व्यवस्थित गर्न पहिलो चरणमा माछामासु पसलहरुलाई व्यवास्थित गर्नेका लागि आफ्नै जग्गामा करोडौको लगानीमा बधशाला निर्माण कार्यलाई तिव्रता दिएको थियो । पटक पटकको म्याद थपपछि गत २०७१ असारमा सक्नुपर्ने बधशाला निर्माण कार्य अझै पनि सकिएको छैन । माछामासु पसलहरु जथाभावी सडक छेऊमै सञ्चालन भइरहेको देखिन्छ । नगरपालिकाले प्यालिष्टक झोला मुक्त क्षेत्र अभियानलाई पनि तिव्रता दिएको थियो तर त्योपनि अनुगमनका कारण प्रभावकारी हुन सकेको छैन, अहिले पनि पसलमा प्यालिष्टकका झोलाहरु खुल्लेआम प्रयोग भइरहेको छ । नगरपालिकाले पहिलो चरणको कार्य अन्तरगत भद्रपुरको जनताचोक देखि मध्यबजार हुदै भन्सार सम्मको मध्यबजार क्षेत्रलाई सफा क्षेत्र घोषणा गरेको छ । अनुगमनको अभाव तथा नगरपालिकाले ध्यान नदिदा यसले पनि निरन्तरता पाएको देखिदैन । सडक छेउमा राखिएको एक दर्जन भन्दा बढी डसविनहरुको अवस्था हेर्दा उखल्न थालिसकिएको छ । डसविनमा फोहोर फाल्नुको साटो सडक किनारमा जथभावी फोहोरमैला फालिएको देखिन्छ ।
यस विषयमा नगरका व्यापारीहरुसंग बुझदा अधिकाश व्यापारीहरुको एउटै भनाइ पाइएको छ । व्यापारीहरु भन्छन, यस तर्फ सम्बन्धि निकाय नगरपालिकाले चासो देखाउनु पर्ने हो । अरु व्यापारीले गर्दा हुने मैले गर्दा नहुने बताउन उहाँहरु पछि पर्दैनन । झापा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नवराज पनेरु (राजु)ले भद्रपुर बजार अस्तव्यस्त हुनुमा हामी सवै पक्ष दोषी रहेको स्र्वाकारदै भद्रपुर बजार व्यवस्थापन गर्न मुख्य जिम्मेबार पक्ष नगरपालिका स्वयम रहेकोले नगरपालिका कडाईका साथ अगाडी आएमा निजी क्षेत्रको तर्फबाट सक्दो सहयोग गर्न बताए । यता नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले भद्रपुर बजार क्षेत्रको बिषयमा यसअघि सर्वपक्षिय भेलाबाट भएको निर्णय नहुनुमा नगरपालिकाको कमजोरी रहेको स्र्वाकादै अवको दिनमा यस्तो नहुने बताए । उनले चाडै सर्वपक्षिय भेलाको आयोजना गरि बिगतमा भएको निर्णयलाई कार्वान्यन गर्दै लैजाने बताउदै नगरबासी लगायत स्थानीय राजनितिकदलको सहयोगको आवश्यकता रहेको घिमिरेले बताए । प्यालिष्टक झोला, सरसफाई, लगायतको क्षेत्रमा समेत नगरपालिकको अनुगमनमा कमजोरी रहेकोले यसलाई पनि सुधारन्मुख गर्दै लैजाने बताए ।