गीतबाट अधिकारको खोज्दै वालवालिका

0
697

तेज बन विश्वासी
सुनसरी,मंसीर ५ ।  नेपालमा बालबालिकाहरुको हकहितका लागि काम गर्ने संघसंस्थाहरु बग्रेल्ति भए पनि रोकिन नसकेको बाल हिंसा बिरुद्ध पूर्वेली वाल कलाकारहरुले हालै बाल अधिकार सम्बन्धि एक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरुलाई निरन्तर खबरदारी गर्दे बालकलाकारहरुले खोइ त हाम्रो बाल अधिकार सरकार भन्ने बोलको भिडियो गीत बजारमा ल्याएका हुन ।
१४ देखि १८ बर्ष उमेरका वालवालिकाहरुको बिशेष भूमिका रहेको सो भिडियो गीतले यतिवेला पूर्वका प्राय सबै टेलिभिजनहरु कब्जा गरेका छन भने टेलिभिजनहरुले समेत यस गीतलाई बिशेष प्राथमिकतामा राखेर प्रसारण गरिरहेका छन् ।
बाल अधिकार कितावमा मात्र सिमित रहेका कारण सम्बन्धित निकायलाई झकझकाउन र गीतकै माध्यमबाट बालहिंसा अन्त्य गर्ने एवम समाजमा सकारात्मक शन्देश फैलाउन सो भिडियो गीत बजारमा ल्याएको उक्त भिडियो निर्देशक आनन्द हयाङखिमले बताए ।
मोरङ्गको टंकी गाविस र एन सी डि सी नामक संस्थाको संयोजनमा तयार भएको भिडियो गीतमा बाल कलाकारहरुले अझै पनि अर्काको घरमा दासत्व जिवन बिताइरहेको दर्शाउन खोजेको देखिएको छ ।
सो भिडियोमा मोरङको शिदार्थ बाल क्लबमा आवद्ध १ दर्जन बालबालिकाहरुले बिशेष अभिनय गरेको देखिएको छ भने सोही बाल क्लबकी शृष्टी भण्डारी , सविन वास्तोला र खेमराज दहालको मिठो स्वर रहेको सोही गीतका क्यामारा मेन निक बिष्टले बताए ।
बाल अधिकारको विषयमा काम गर्ने संघ संस्थाहरु भएर पनि बालबालिकाहरुले भोग्नुपरेको घरेलु तथा सामाजिक हिंसा बिरुद्ध बाल कलाकारहरुले बजारमा ल्याएका यस म्युजिक भिडियो हेरिसकेपछि बिभिन्न सामाजिक संघसंस्थाहरुले बाल कल्ब तथा कलाकारहरुलाई प्रसंसायिन कार्यको थालनी गरेको भन्दै स्यावासी सहित शुभकामना दिने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here